Technical FAQs

१. नेपालमा कहिले देखि जनगणना गर्ने काम शुरु भएको हो?
उत्तरः– नेपालमा बि.सं. १९६८ (सन् १९११) साल देखि जनगणना गर्ने काम शुरु भएको हो ।

२. नेपालमा जनगणना कति कति बर्षको अन्तरालमा संचालन हँदै आएको छ?
उत्तरः– नेपालमा प्रत्येक १०/१० बर्षको अन्तरमा जनगणना संचालन हँ'दै आएको छ ।

३. नेपालमा कहिले देखि आधुनिक जनगणना शुरु भएको मानिन्छ ?
उत्तरः– नेपालमा बि.सं. २००९/११ (सन् १९५२/५४) साल देखि संचालन भएका जनगणनाहरु आधुनिक (वैज्ञानिक) जनगणना मानिन्छ ।

४. जनगणना भन्नाले के बुझिन्छ?
उत्तरः–नेपालमा अक्सर बसोबास गरेका सबै व्यक्तिको घरदैलोमा गणकहरु एकै समयमा पुगी निर्धारित समयभित्र परिवार तथा परिवारका सबै व्यक्तिहरुको जनसांख्यिक, सामाजिक तथा आर्थिक विवरणहरु संकलन गर्ने र यसरी संकलित तथ्याङ्कको प्रशोधन, सारिणीकरण  एवं प्रकाशन गर्ने समष्टिगत प्रक्रियालाई “जनगणना” भनिन्छ ।

५. जनगणनालाई किन महत्वपूर्ण राष्ट्रिय अभियानको रुपमा लिईन्छ?
उत्तरः– जनगणना संचालनको लागि ठूलो परिमाणमा आर्थिक स्रोत साधन तथा जनशक्ति प्रयोग हुने र तयारीको लागि समेत लामो समय लाग्ने भएकोले जनगणनालाई एक महत्वपूर्ण राष्ट्रव्यापी महाअभियानको रुपमा लिईन्छ ।

१. राष्ट्रिय जनगणना २०७८ सञ्चालनका लागि मुख्य कानुनी आधारहरु के के हुन ?
उत्तरः राष्ट्रिय जनगणना २०७८ सञ्चालनका लागि मुख्य कानुनी आधारहरु देहायअनुसार रहेका छन्ः
• तथ्याङ्क ऐन, २०१५
• राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६
• प्रशासनिक व्यवस्थापन तथा आर्थिक सुविधासम्बन्धी मापदण्ड, २०७६
• राष्ट्रिय जनगणना सञ्चालन नर्देशिका, २०७७
१. गणना क्षेत्र भन्नाले के बुझिन्छ ?
उत्तरः राष्ट्रिय जनगणना २०७८ को प्रयोजनका लागि गणना क्षेत्र भन्नाले गणकले गणना अवधिमा गणना गर्नुपर्ने भौगोलिक एकाइ वा क्षेत्र हो। गणना अवधिभर गणकले गणना गर्नुपर्ने अनुमानित घरपरिवार संख्या वा जनसंख्याको आधारमा गणना क्षेत्र निर्धारण गरिएको हुन्छ। कुनै सिंगो वडाको एउटा गणना क्षेत्र वा ठूला वडाहरूलाई विभाजन गरी धेरैवटा गणना क्षेत्र बनाइएको हुन्छ। 

२. घर भन्नाले के बुझिन्छ ?
उत्तरः राष्ट्रिय जनगणना २०७८ को प्रयोजनका लागि घर भन्नाले सामान्यतया चारैतिर गारो÷टाटी लगाई छानो हालेर बसोबास वा अन्य प्रयोगका लागि बनाइएको एक वा एक भन्दा बढी कोठा वा तला भएको संरचनालाई बुझाउँछ। घर विभिन्न आकार, प्रकार वा किसिमका हुनसक्दछन्। घर हुनका लागि आधारभूत मूल संरचना एउटै भएको हुनुपर्दछ । एउटै संरचना अन्तर्गत बनेको जग, गारो तथा छाना भएमा र एउटै मूलढोका र सिँढी भएमा त्यसलाई एउटा घर मान्नुपर्दछ। उदाहरणका लागि अपार्टमेन्ट बिल्डिङ्गमा धेरै परिवारको अलग अलग स्वामित्वमा धेरै फ्ल्याटहरु हुने भएतापनि एउटै घर मान्नुपर्दछ । प्रयोगका हिसाबले घरलाई निम्न अनुसार वर्गीकरण गरिएको छः
१. आवासीय
२. व्यापार
३. सरकारी
४. शैक्षिक
५. स्वास्थ्यजन्य
६. उद्योग र कलकारखाना
७. बैंक तथा वित्तीय संस्था
८. संस्थागत
९. होटल तथा लज
१०. गोठ/धनसार/मतान
११. अन्य प्रयोग
१२. खाली घर।

३. जनगणना घर भन्नाले के बुझिन्छ ?
उत्तरः राष्ट्रिय जनगणना २०७८ को प्रयोजनका लागि जुनसुकै प्रयोगको घर भएपनि कम्तीमा एउटा परिवार बसोबास गरेको घरलाई जनगणना घर भनिन्छ। जुनसुकै प्रयोगका घरमा समेत कुनै परिवार अक्सर बसोबास गरेका भए त्यस्ता घरलाई जनगणना घर मानिन्छ । उदाहरणको लागि कुनै व्यापारिक प्रयोगको भवनमा कुनै परिवार बसोबास गरेको भए त्यस घर वा भवनलाई जनगणना घर मान्नुपर्दछ। 

४. अक्सर बसोबास भन्नाले के बुझिन्छ ?
उत्तरः अक्सर बसोबास भन्नाले व्यक्ति धेरैजसो वा प्रायःगरी बस्ने ठाउँलाई बुझ्नु पर्दछ । व्यक्तिको अक्सर बसोबास निजको आफ्नै स्थायी घर भएको ठाउँ वा अस्थायी रुपमा बसोबास गरेको ठाउँ पनि हुनसक्दछ। व्यक्ति अक्सर कहाँ बसेको भनेर छु्ट्याउन सकिएन भने गत १ वर्षको अवधिमा ६ महिना वा सोभन्दा बढी समय जहाँ बसोबास गरेको छ वा आगामी दिनमा बस्ने मनसाय राखेको छ सोही ठाउँबाट व्यक्तिको गणना गर्नुपर्दछ।

५. परिवार भन्नाले के बुझिन्छ ?
उत्तरः राष्ट्रिय जनगणना २०७८ को प्रयोजनका लागि परिवार भन्नाले सामान्यतया व्यक्ति वा व्यक्तिहरूको समूह हो जो एउटै आम्दानी खर्चले घर व्यवहार चलाई एकै भान्सामा खानपिन गरी बसेका हुन्छन्् । परिवार र यसका सदस्य छुट्टयाउन आम्दानी–खर्च र भान्साको अवधारणा प्रमुख रहेको छ । तर एउटै आम्दानी खर्चले घर व्यवहार चलाई एउटै भान्सामा खाने व्यक्तिहरु अलग अलग घरमा सुत्ने गरेको वा बेग्लै भान्सामा (जस्तै होटल, कार्यालयको क्यान्टिन आदि) खाई एकैस्थानमा बस्ने र सुत्ने गर्दछन् भने पनि एउटै परिवार मान्नुपर्दछ ।

६. परिवारमूली भन्नाले के बुझिन्छ ?
उत्तरः राष्ट्रिय जनगणना २०७८ को प्रयोजनका लागि परिवारमूली भन्नाले परिवारमा नै अक्सर बसोबास गर्ने, परिवारमा परिआएका दैनिक कामकाज, खर्च र व्यवहार चलाउन व्यवस्था मिलाउने अर्थात घरको कामकाजमा चाँजोपाँजो मिलाउने व्यक्तिलाई बुझाउँछ । परिवारमूली हुन कम्तिमा १० वर्ष उमेर पुगेका हुनुपर्दछ ।

७. उत्तरदाता को हुनुपर्दछ ?
उत्तरः राष्ट्रिय जनगणना २०७८ को प्रयोजनका लागि गणना गर्न लागेको परिवारको मुख्य व्यक्ति, परिवारमूली तथा घरपरिवारको सम्पूर्ण जानकारी राख्ने व्यक्ति उत्तरदाता हुन्छ । उत्तरदाताको रुपमा बालबालिका तथा घरपरिवारको बारेमा कम जानकारी भएको व्यक्ति उत्तरदाता मान्नुहुँदैन । 

८. जनगणनामा संस्थागत परिवारको गणना कसरी गरिन्छ ?
उत्तरः संस्थागत परिवारको रुपमा समूहमा बसोबास गर्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सम्बन्धित संस्थाको सहयोगमा गणकले नै भर्नुपर्दछ । तर ठूलो संस्थागत परिवारको गणनाको लागि त्यस संस्थाको कुनै भरपर्दो व्यक्तिलाई गणक तालिममा सम्मिलित गराई जनगणना सञ्चालन गर्ने व्यवस्था यथासम्भव मिलाइने छ । 

९. जनगणनामा घर नभएका र घुमन्ते फिरन्तेको गणना कसरी गरिन्छ ?
उत्तरः घर नभएका र घुमन्ते फिरन्तेहरूको गणना जनगणनाको अन्तिम दिन अर्थात मंसिर ९ गते जो जहाँ भेटिन्छन् सोही स्थानबाट गणना गरी उनीहरूको गणना भएको जानकारी दिई अन्यत्रबाट पुनः गणना नगराउन समेत उनीहरूलाई स्पष्ट भन्नुपर्दछ ।

१०. जनगणनामा नेपालस्थित विदेशी कूटनैतिक नियोगमा कार्य गर्नेको गणना कसरी गरिन्छ ?
उत्तरः नेपालभित्रका विदेशी कूटनैतिक नियोगमा कार्य गर्नेको गणना गर्नु हुँदैन। तर नियोग बाहिर अक्सर बसोबास  गर्ने विदेशी कूटनीतिक व्यक्तिहरुको अनिवार्य गणना गर्नुपर्दछ। यसैगरी विदेशी कूटनीतिक नियोग परिसरमा छुट्टै परिवारको रुपमा कुनै नेपाली नागरिक बसेका छन् भने तिनीहरुको गणना गर्नुपर्दछ। 

११. जनगणनामा विदेशस्थित नेपाली कूटनैतिक नियोगमा कार्य गर्नेको गणना कसरी गरिन्छ ?
उत्तरः विदेशमा रहेका नेपाली नियोगहरूमा बसेका व्यक्तिलाई नेपालभित्रै बसोबास गरे सरहको मानिएको छ। तिनीहरूको गणना गर्न गराउन विभागले विद्युतीय माध्यम (E-Census) बाट जनगणना गर्ने व्यवस्था मिलाउनेछ। उनीहरुको परिवार नेपालमा छन् भने नेपालमा भएका परिवारको विवरण संकलन गर्दा विदेशस्थित नेपाली दूतावासमा रहेका व्यक्तिको हकमा अनुपस्थित स्वदेश अन्तर्गत संख्या मात्र उल्लेख गर्नुपर्दछ।

१२. जनगणनामा नेपालमा बसोबास गर्ने विदेशी व्यक्ति तथा परिवारको गणना कसरी गरिन्छ ?
उत्तरः नेपालमा बस्ने अन्य कुनै विदेशी व्यक्तिहरु नेपालमै कुनै नोकरी वा व्यापार व्यवसाय गरी बसोबास  गरिरहेका भए तिनीहरूको गणना गर्नुपर्दछ। 

१३. जनगणनामा नेपालमा शरणार्थी शिविरमा बसोबास गर्ने शरणार्थि परिवारको गणना कसरी गरिन्छ ?
उत्तरः शरणार्थीहरूको गणना सम्बन्धमा नेपालमा हाल बसोबास गर्दै आएका शरणार्थीहरूको शिविरहरू गणकहरूको क्षेत्रमा पर्ने भए तिनीहरूको गणना गर्नुपर्दैन जस्तैः भुटानी शरणार्थी  शिविर, तिव्बती शरणार्थी शिविर आदि। तर कुनै शरणार्थी शिविरभन्दा बाहेक अन्य स्थानमा स्वतन्त्ररुपमा कुनै पेशा वा व्यवसाय गरी छुट्टै परिवारको रुपमा बसेको भए तिनीहरुको विवरण अक्सर बसोबास गरेकै ठाउँबाट भर्नुपर्दछ।

१४. जनगणनामा विशेषा प्रकारका व्यक्तिको गणना भन्नाले कसलाई बुझाउँछ ?
उत्तरः अल्पसंख्यक जातजाति तथा विकट स्थानमा बसोबास गर्ने व्यक्तिहरु, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यकको विवरण भन्न नचाहने पनि हुन सक्ने भएकोले यस्ता व्यक्तिहरु छन् छैनन् विशेष ध्यान दिई गणना गर्नुपर्दछ। 

१. घर तथा घरपरिवार सूचीकरण फारममा कस्ता विवरणहरु संकलन गरिन्छ ?
उत्तरः घर तथा घरपरिवार सूचीकरण फारममा घरको तला संख्या, घरको प्रयोग, परिवारमा अक्सर बसोवास गर्ने परिवारका सदस्य संख्या (महिला, पुरुष र अन्य लिङ्गी), परिवारको कृषि सम्वन्धी विवरण, सरकारी अनुदानमा अन्तर्गत आवसिय घर निर्माण, बैंक तथा वित्तिय संस्थामा खाता रहेका परिवार सदस्य संख्या, व्यावसायिक शिक्षा वा तालिम लिएको परिवारका सदस्य संख्या, बैंक तथा वित्तिय संस्था वाट क्रृण सुविधा लिएको छ छैन जस्ता विवरणहरु संकलन गरिन्छ ।

२. घर तथा घरपरिवार सूचीकरण फारममा रहेका विवरण कहिले देखि कहिले सम्म संकलन गरिन्छ ?
उत्तरः घर तथा घरपरिवार सूचीकरण फारममा रहेका विवरण वि.सं. २०७८ साल भाद्र ३० देखि आश्विन १८  सम्म जम्मा २० दिनमा संकलन गरिन्छ । 

३. घर तथा घरपरिवार सूचीकरण गर्दा कस्ता घरहरुमा जनगणना घर क्रमसंख्या लेखिन्छ ?
उत्तरः जनगणनामा सवै किसिमका घरहरुको विवरण संकलन गरिन्छ । यसरी संकलित सवै घरहरुमा परिवार बसोबास गरेका नहुन पनि सक्दछन् । जनगणनामा परिवार बसोवास गरेका घरहरुमा मात्र जनगणना घर क्रमसंख्या लेखिन्छ ।

४. घर तथा घरपरिवार सूचीकरण फारम बाट प्राप्त विवरणहरुको प्रयोग के के हुन ?
उत्तरः घर तथा घरपरिवार सूचीकरण फारम बाट प्राप्त विवरणहरुको प्रयोग  मूल गणनाको लागि गणकहरुको कार्य विभाजन गर्न, राष्ट्रिय कृषिगणनाको लागि नमुना छनौट सूची तयार पार्न, देश भरि रहेका पशुपंक्षीहरुको संख्या, घरहरुको प्रयोगको बारेमा, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको संख्या, बैक तथा वित्तिय संस्थामा पहुँच (खाता र क्रृण), व्यवसायिक तथा प्राविधिक शिक्षा वा तालिम प्राप्त व्यक्तिहरुको संख्या, सरकारी अनुदानमा घर निर्माण गरेको परिवार संख्या थाहापाउन हुन्छ ।

५. कुनै घर दुई तला पूरा र माथि  एक कोठा मात्र छ भने त्यस्तो घरको तला संख्या कति हुन्छ ?
उत्तरः उक्त घरको त्यो एककोठा भर्याङ छोप्नमात्र बनाएको हो भने सो घर २ तलाको लेख्नु पर्दछ नत्र भने ३ तला हुन्छ । यसको अर्थ कुनै पनि घरको पुरा तला संख्या र माथि एक कोठामात्र छ भने पनि त्यसलाई एक तलामानि तलासंख्या  लेख्नुपर्दछ ।
 
६. कस्ता घरहरु आवासिय घर अन्तर्गत पर्दछन् ?
उत्तरः जुन घरमा मानिस वा परिवार मात्र बस्न प्रयोग भएको छ भने त्यस्ता घरहरु आवसिय घर अन्तर्गत पर्दछन् भने मानिसहरु वस्नुका साथै मिश्रित रुपमा   प्रयोग भएको रहेछ भने त्यस्तो घरको प्रयोग छुट्याउनको लागि उक्त घरको बढी हिस्सा के मा प्रयोगमा रहेको छ सोही लेख्नुपर्दछ । यदि मिश्रित प्रयोग भएको  घर  बढी हिस्सा मानिस वस्नको लागि प्रयोग भएको रहेछ भने त्यस्तो घरको प्रयोग आवसिय अन्र्तगत नै राख्नुपर्दछ ।

७. यदि कुनै घरमा व्यापार व्यावसायका साथै परिवार पनि वस्दछन् भने त्यस्तो अवस्थामा घरको प्रयोग कसरी छुट्याउने ?
उत्तरः कुनै घरमा व्यापार व्यावसायका साथै परिवार पनि बसदछन् भने त्यस्तो घर बढी हिस्सा  के मा प्रयोग भएको छ भनि पत्तालागाउन पर्दछ  र बढी हिस्सा जेमा प्रयोग भएको छ त्यस घरको प्रयोग त्यही  लेख्नुपर्दछ अर्थात व्यापार व्यावसायमा बढी हिस्सा प्रयोग भएको छ कि परिवार बसोबास गर्नको लागि बढी हिस्सा भनि छुट्याई जेमा बढी हिस्सा प्रयोग भएको छ त्यही लेखनुपर्दछ ।

८. कुनै व्यक्तिको घरमा सरकारी कार्यालय भाडामा वसेको छ र त्यस घरमा कुनै पनि परिवार वसोवास गर्दैनन् भने त्यस्तो घरको प्रयोग के हुन्छ ?
उत्तरः नेपालमा रहेका घरहरु कुन कुन प्रयोगमा रहेका छन भनि हाल भईरहेको प्रयोग लिने भएकोले त्यो घर कसको हो भन्दा पनि के को लागि प्रयोग भईरहेको छ भन्नेले महत्व राख्ने भएकोले सरकारी कार्यालयले प्रयोग घरेको घर कुन शर्तमा प्रयोग गरेको छ भन्दा नि हाल सरकारी कार्यालयले प्रयोग गरिराखेको हुदा उक्त घरको प्रयोग सरकारी हुन्छ ।

९. सरकारी कर्मचारीहरु वस्नको लागि सरकारले घर वनाईदिएको छ र त्यसमा कर्मचारीहरु परिवार सहित वस्दछ भने त्यस्तो घरको प्रयोग के हुन्छ ?
उत्तरः उक्त घर सरकारी कर्मचारीहरुले आवासको रुपमा प्रयोग गरेको हुनाले उक्त घरको प्रयोग  आबासिय अन्र्तगत राख्नुपर्दछ ।

१०. सरकारी कार्यालयको एउटा घरमा एकजना सुरक्षाकर्मी खाने र बस्ने  गर्दछन भने उनको गणना कहाँवाट गरिन्छ ?
उत्तरः जनगणना मानिसहरुको गणना अक्सर अर्थात प्रायजसो जुन ठाउमा बस्दछन् त्यही ठाउबाट गणना गर्ने भएकोले सरकारी कार्यालयको कुनै घरमा खाने र बस्ने  गरेको सुरक्षकर्मीको  गणना त्यही ठाँउबाट अर्थात सरकारी कायालयको उक्त घरबाट नै गर्नुपर्दछ ।

११. खालि घरको सूचीकरण गर्दा कुन कुन विवरण भर्नु पर्दछ ?
उत्तरः खालि घरको सूचीकरण गर्दा उक्त घरको तला संख्या, घर कति बर्ष अगाडी बनेको र प्रयोगमा खाली घर जनाउनलाई कोड १२ लेखे मात्र पुग्दछ । अन्य विवरण सोध्नुपर्दैन ।

१२. जनगणना प्रयोजनका लागि परिवार भन्नाले के लाई बुझाउदछ ?
उत्तरः जनगणना प्रयोजनको लागि एउटै आम्दानी खर्चले घर व्यवहार चलाई एकै भान्सामा खानपिन गर्ने र एउटै छानामूखी बसोबास गर्ने व्यक्ति वा व्यक्तिहरुको समूहलाई परिवार भन्ने बुझ्नु पर्दछ । जनगणना प्रयोजनको लागि परिवार र घरपरिवारलाई एउटै अर्थमा बुझ्नु  पर्दछ । परिवारमा नाता पर्ने वा नपर्ने व्यक्ति हुन सक्दछन् ।

१३. एउटा घरको कोठामा दुई जना नाता नपर्ने विद्यार्थी बस्दछन् भने त्यो अवस्थामा कति परिवार हुन्छ ?
उत्तरः जनगणनामा नाताको अनुसार भन्दा पनि एउटै घरमा वा कोठामा एउटै परिवारको रुपमा वसेको मानिसहरुलाई एउटा परिवार मानिने भएकोले उनीहरुलाई एउटा परिवार मानिन्छ । 

१४. यदि एउटा घरमा अलग अलग भान्सा गरी अलग अलगै चार परिवार बस्दछन् भने परिवार क्रमसंख्या कसरी लेखिन्छ ?
उत्तरः कुनै घरमा चार परिवार अलग अलगत भान्सा गरी वस्दछन भने यो घरमा कति परिवार बस्नुहुन्छ भन्ने महल ४ मा ४ लेखनु पर्दछ भने यो घरमा बसोवास गरेका परिवार क्रम संख्यामा भन्ने महल ५ मा क्रमशः पहिलो परिवारलाई १ , दोश्रो परिवारलाई २, तेश्रो परिवारलाई ३, चौथो परिवारलाई ४ लेख्नुपर्दछ ।

१५. एउटा घरमा बाबुका चार छोराहरुको परिवार अलग अलग भान्सा चुल्हो गरी बसेका रहेछन् भने जनगणनाको लागि कति परिवार मान्नु पर्दछ ?
उत्तरः अलग अलग भान्सा चुल्हो गरी आआफ्नै तरिकाले घर व्यवहार गरेको अवस्थामा ४ परिवार मानी विवरण संकलन गर्नु पर्दछ ।

१६. एउटा घरमा बाबुका चार छोरा र उनीहरुको परिवार एउटै भान्सा चुल्होमा खाना खाने र बस्दा अलग अलग तलामा वा जोडीएका घरमा बस्ने रहेछन् भने जनगणनाको लागि कति परिवार मान्नु पर्दछ ?
उत्तरः एउटै घर वा परिवारकै स्वामित्वमा रहेको घरमा बसोबास गरेको अवस्था र एउटै भान्सा चुल्होमा खाना खाने भएकोले उनीहरुको एउटै परिवार मानी विवरण संकलन गर्नु पर्दछ ।
१. घरपरिवार सूचीकरणमा परिवारले कृषि प्रयोजनको लागि चलन गरेको कस्तो प्रकारको जग्गाको विवरण लिइन्छ?
उत्तरः घरपरिवार सूचीकरणमा परिवारले आफुले खेतीपाती गरेको वा चलन गरेको आफ्नो वा अरु कसैको जग्गा समेत भए सो को विवरण लिने गरिन्छ । यस अन्तर्गत जग्गाको स्वामित्व नभई प्रयोग गरेको आधारमा विवरण लिइन्छ । परिवारले यस गा.पा.÷न.पा. भित्र चलन गरेको जग्गाको विवरण महल ११ मा र यस गा.पा.÷न.पा. भन्दा बाहिर चलन गरेको जग्गाको विवरण महल १२ मा छुट्टाछुट्टै लेख्नुपर्दछ ।

२. परिवारले कृषि प्रयोजनको लागि चलन गरेको जग्गाको एकाइ फरक फरक भएमा के गर्नुपर्दछ ? 
उत्तरः घरपरिवार सूचीकरण गर्न लागेको गा.पा.÷न.पा.मा जग्गाको नापका लागि प्रयोग भएको इकाई लेख्नुपर्दछ । यदि कुनै परिवारले चलन गरेको जग्गाको इकाई फरक भएमा वा दुबै एकाइका भएमा उक्त गा.पा.÷न.पा.मा प्रचलित एकाइमा परिवर्तन गरी लेख्नुपर्दछ । परिवारले यस गा.पा.÷न.पा. भन्दा बाहिर चलन गरेको जग्गाको एकाइ फरक बताउन सक्ने कुरामा ध्यान दिनुपर्दछ ।

३. कुनै एक व्यावसायिक संस्थाले कुखुरा फर्म सञ्चालन गरेको छ भने उक्त विवरण लिनुपर्दछ कि पर्दैन ?
उत्तरः कुनै व्यावसायिक संस्थाले कुखुरा फर्म वा अन्य कुनै कृषि क्रियाकलाप सञ्चालन गरेको छ भने त्यसलाई समावेश गर्नुपर्दैन । तर कुनै एक परिवारले गरेको जतिसुकै ठूलो सानो व्यावसायिक कृषि क्रियाकलापको विवरण भने लिनुपर्दछ ।

४. कुनै परिवारले अर्को गा.पा.÷न.पा. पशुपन्छीहरु पालेका छन् भने विवरण कहाँबाट लिनुपर्दछ ?
उत्तरः कुनै परिवारले अर्को गा.पा.÷न.पा. पशुपन्छीहरु पालेका छन् र त्यस ठाउँमा परिवारका कुनै सदस्य बसोबास गर्दैनन् भने यहि परिवारबाट गणना गर्नुपर्दछ । तर अर्को गा.पा.÷न.पा. पशुपन्छीहरु पालेका ठाउँमा परिवारका कोही सदस्य बसोबास गर्दछन् भने ती सदस्यको विवरणसँगै सोही अर्को गा.पा.÷न.पा. मा अर्को सुपरिवेक्षकबाट विवरण लिइन्छ । 

५. कुनै परिवारले एउटा बाख्राको पाठो वा २ वटा कुखुरा पालेका छन् भने कृषि प्रयोजन मान्ने की नमान्ने ?
उत्तरः कुनै परिवारले एउटा बाख्राको पाठो वा २ वटा कुखुरा पालेका छन् भने पनि कृषि प्रयोजनका लागि पालेको मानि विवरण लिनुपर्दछ । परिवारले कृषि प्रयोजनका लागि पाल्ने गरेका सम्पूर्ण पशुपन्छीको संख्या लिनुपर्दछ
८. ढलान गरी बनाएको तीन तलाको घरको माथिल्लो तलामा ट्रस हालि टिनको छाना राखेको भए घरको छाना केले बनेको मान्नुपर्छ ?  
उत्तरः ढलान गरी बनाएको घरको सवै भन्दामाथि घाम वा पानि छेक्नको लागि ट्रस वा टिनको छानो लगाएको रहेछ भने त्यस्तो अवस्थामा उक्त घरको छाना ढलान मान्नु पर्दछ । त्यसैगरी ढलान गरी बनाएको घरको सबैभन्दा माथी छतको पुरै भाग टिनको छाना लागाई मानिस बस्न प्रयोग हुने गरी कोठा बनाएको रहेछ भने घरको छाना टिन लेख्नु पर्दछ । तर छतको केही भागमा मात्र टिनको छाना वा ट्रस लगाई मानिस बस्ने वा घाम पानी छेल्न बनाएको भएता पनि उक्त घरको छाना ढलान भएको मान्नु पर्दछ । 

व्यक्तिगत खण्ड (१–१४) सम्बन्धी 

१. एउटा प्रश्नावली फाराम कति परिवारको लागि प्रयोग गर्न सकिन्छ ?
उत्तरः एउटा प्रश्नावली फाराममा एक परिवारको लागि मात्र प्रयोग गर्नुपर्दछ । एक परिवारमा ८ जनासम्म सदस्य भए एउटा पेजले पुग्छ, तर परिवारमा ८ जना भन्दा बढी सदस्यहरू भए उही पानामा अरु थप सदस्यको नाम लेख्ने लाइन हुँदैन त्यसैले दोस्रो पाना प्रयोग गर्नुपर्दछ । पाना खाली हुंदैमा एउटा पेजमा दुई परिवारको विवरण पनि लेख्नु हुदैन ।  

२. यदि श्रीमान विदेशमा रहेको र श्रीमतिले विदेशबाट पठाएको पैसाले घर चलाइरहेको छन् । घरको महत्वपूर्ण निर्णयहरु विदेशबाटै श्रीमानको निर्णयबाट सञ्चालन हुने गरेको छ भने त्यस परिवारको परिवारमूली को हुन्छ ?
उत्तरः जनगणना प्रयोजनको लागि परिवारमूली भन्नाले परिवारमा नै अक्सर बसोवास गर्ने,  परिवारमा परिआएका दैनिक कामकाज,  खर्च र व्यवहार चलाउन व्यवस्था मिलाउने अर्थात घरको कामकाजमा चाँजोपाँजो मिलाउने व्यक्तिलाई बुझाउँछ। विदेशमा बसोबास गर्ने परिवारमा अनुपस्थित व्यक्ति परिवारको सदस्यकोरुपमा गणना नगरिने भएकोले परिवारमूली पनि हुन नसक्ने हुन्छ। त्यसैले यस्तो अवस्थामा श्रीमती नै परिवारमूली हुन्छिन्।

३. परिवारका सबै सदस्यहरुको नाम र थर लेख्दा कसरी लेखिन्छ ? 
उत्तरः गणना क्षेत्र भित्र जनगणना गरिने परिवारहरुको सदस्यहरुको नाम लेख्दा परिवारमूलीबाट शुरु गरी लेख्दै जानु पर्दछ । परिवारमा अक्सर बसोबास गर्ने व्यक्तिको नाम र थर लेख्दा सबैभन्दा पहिले क्र.सं. १ मा परिवारमूलीको नाम र थर लेखी अरू सदस्य (परिवारमूलीको श्रीमान्÷श्रीमती, छोरा÷बुहारी, नाती, नातिनी, बुबा, आमा, छोरी र ज्वाइ आदि) को नाम पारिवारिक हाँगा (Family Tree) अनुसार क्रमैसँग लेख्नुपर्दछ।                                                                                                                                                                                                                       

४. जनगणनामा नाता लेख्दा कसरी लेखिन्छ ?
उत्तरः जनगणनामा नाता लेख्दा गणना गर्न लागिएका व्यक्तिलाई परिवारमूलीले के नाताले बोलाउने हो वा सो परिवारमूलीको के पर्ने हो त्यो नाता लेख्नुपर्दछ । जस्तैः यदि परिवारमूली परिवारको जेठो छोरा रहेछ भने परिवारमूलीको छोरीको विवरण सोधि रहेको अवस्थामा नाताको महलमा "छोरी/ज्वाइँ"  को कोड लेख्नु पर्दछ।

५. उत्तरदाताको हजुरबुबा हजुरआमाको विवरण लिंदा नातामा के उल्लेख गर्नुपर्दछ ?
उत्तरः परिवारमूलीको हजुरबुबा हजुरआमाको विवरण लिंदा नातामा "अन्य" उल्लेख गर्नुपर्दछ । फाराममा उल्लेख भएका नाताबाहेक अरू नाता पर्ने भए अन्यमा लेख्नुपर्दछ ।

६. कुनै व्यक्ति परिवारमूलीको नाता नपर्ने तर सोही घरमा पढ्नको लागि बसेको छ भने उसको के नाता उल्लेख गर्नुपर्दछ ?
उत्तरः परिवारमूलीको नाता नपर्ने तर सोही घरमा पढ्नको लागि बसेको अवस्थामा नाता नपर्ने अन्तर्गत पर्दछ । तर उक्त व्यक्ति तलब वा ज्याला दिई राखेका सहयोगी वा भान्से आदि भए घरेलु कामदार अन्तर्गत उल्लेख गर्नुपर्दछ ।

७. गणना गर्ने परिवारमा अन्य लिङ्गी आएको अवस्थामा निजको हकमा कुन लिङ्ग अन्तर्गत उल्लेख गर्नुपर्दछ ?
उत्तरः जनगणनाका तीन प्रश्नावलीमध्ये घर तथा घरपरिवार सूचीकरणमा परिवारमा भएका पुरुष, महिला र अन्य लिङ्गीको संख्या सोधिएको छ। उक्त सूचीकरणमा कुनै व्यक्ति अन्य लिङ्गी अन्तर्गत सूचीकरण भएको हुन सक्दछ। यस्तो अवस्थामा गणना गर्ने परिवारमा अन्य लिङ्गी आएमा उत्तरदातालाई जन्मेको बखत महिला भएर जन्मेको हो कि पुरुष भएर जन्मेको सोध्नुपर्दछ। उसले आफुलाई जे भन्न रुचाउछ सोही टिप्नु पर्दछ। 

८. एक बर्ष उमेर पूरा नभएको बच्चाको उमेर कसरी लेख्नुपर्दछ ?
उत्तरः उमेर लेख्दा व्यक्तिले पूरा गरेको वर्ष मात्र लेख्नुपर्दछ । एक वर्ष नपुगेको बालबालिका वा भर्खर जन्मेको शिशु भए “००” लेख्नुपर्छ ।

९. उत्तरदातालाई आफ्नो जन्म मिति थाहा नभएमा कसरी लिन सकिन्छ ?
उत्तरः उत्तरदातालाई आफ्नो जन्म मिति थाहा नभएमा उमेर स्पष्ट भन्न नसके परिवारका अरू सदस्यको उमेरभन्दा कति फरक छ, कति वर्षले जेठो, जेठी अथवा कान्छो, कान्छी हो छुट्टयाई उमेर निश्चित गर्न सकिन्छ । विगतका कुनै मुख्य घटनाको हाराहारीमा जन्म भए ती घटना कति सालका हुन्, यस्ता घटना उमेर निश्चित गर्ने आधार हुनसक्दछन्, जस्तैः १९९० सालको भूकम्पमा कति बर्ष भएको थियो आदि ।

१०. उत्तरदाताले आफ्नो जन्म मिति इश्वि सम्वतमा बताएको अवस्थामा कसरी टिप्नु पर्दछ ?
उत्तरः उत्तरदाताले जन्म मिति इश्वि सम्बतमा बताएमा ५६ वर्ष ८ महिना जोडेर विक्रम सम्बतमा परिवर्तन गरी लेख्नुपर्दछ । 

११. अस्पताल वा अन्य स्वास्थ्य संस्थामा जन्म भइ त्यहाँबाट जन्म प्रमाणपत्र वा कार्ड दिएकोलाई जन्म दर्ता मान्न सकिन्छ की सकिंदैन ?
उत्तरः अस्पताल वा अन्य स्वास्थ्य संस्थामा जन्म भएका र अस्पतालले उपलब्ध गराएको जन्म प्रमाणपत्र वा कार्ड भएकोलाई जन्म दर्ता भएको मान्न सकिंदैन । जन्म दर्ता हुनको लागि कुनै बच्चा जन्मेपछि वडा कार्यालय, गाउँपालिका तथा नगरपालिका जस्ता आधिकारिक ठाउँमा जन्म दर्ता भएको हुनुपर्दछ ।

१२. एउटै परिवारको सदस्यहरुको जातजाति फरक हुन सक्छ की सक्दैन ?
उत्तरः एउटै परिवारको सदस्यहरुको जातजाति फरक हुन सक्छ। एउटै परिवारमा विभिन्न जात वा जातिका मानिस बस्न सक्ने भएकाले परिवारमूलीको जात वा जाति के हो लेखिसकेपछि परिवारका अरू प्रत्येक सदस्यको जात वा जाति सोध्नुपर्दछ। परिवारका सदस्यको गणना गर्दा परिवारमूलीको जात/जाति नै अरू सदस्यको जात/जातिमा उतार्नुहुँदैन। अन्तरजातीय विवाह भई जन्मेका छोरी वा छोराको जात/जाति आमा वा बाबुमध्ये कुनै एकको वा दुवैको भन्दा फरक पनि हुनसक्दछ । परिवारका सदस्यहरूको जात/जाति लेख्दा उनीहरूले बताए बमोजिम नै लेख्नुपर्दछ ।

१३. केन्द्रीय तथ्याङ्क विभागले उपलब्ध गराएको जातजाति र कोडमा उल्लेख नभएको जातजाति आएमा के गर्नुपर्दछ ?
उत्तरः विभागले उपलब्ध गराएको जातजाति र कोडमा लेखिएको जातजातिभन्दा फरक अन्य जातजातिको नाम उत्तरदाताले बताएमा पहिले सो जात जाति कुनै जात जाति भित्र पर्दछ यकिन गरी अलग जात जाति भएमा गणकले उक्त जातजातिको नाम सम्बन्धित महलमा लेख्नुपर्दछ र कोड लेख्ने स्थानमा खाली नै छोड्नुपर्दछ । विभागले त्यस्ता अन्य जातजातिको कोड पछि राख्नेछ । 

१४. पुर्खाको भाषा भन्नाले के बुझिन्छ ?
उत्तरः कुनै व्यक्तिको आफ्नो परिवार, समुदाय वा जातजातिमा परम्परागत रूपमा बोलिने गरेको पहिचानको भाषालाई पुर्खाको भाषा वा पुर्ख्यौली भाषा भन्ने गरिन्छ। उत्तरदाताको पुर्खाहरुः जिजुबाजे/बोजु, बाजे/बोजु वा हजुरबा/हजुरआमा कुन भाषा बोल्नुहुन्थ्यो सोही भाषा पूर्खाको भाषा हुनजान्छ। पुर्खाको भाषा हाल बोल्न जानेको पनि वा नजानेको पनि हुन सक्दछ।

१५. मेरो हजुरबा हजुरआमाले नेवारी भाषा बोल्नुहुन्छ तर मलाई नेवारी बोल्न आउंदैन नेपाली बोल्छु भने मेरो पुर्ख्यौली भाषा के हो ?
उत्तरः मेरो हजुरबा हजुरआमाले नेवारी भाषा बोल्नुहुन्छ तर मलाई नेवारी बोल्न आउंदैन तर हाल म नेपाली बोल्छु भने मेरो पुर्ख्यौली भाषा नेवारी हो ।

१६. मातृभाषा भनेको के हो ?
उत्तरः जन्मे पछि बालबालिकाले सबभन्दा पहिला बोल्न जानेको भाषालाई मातृभाषा भनिन्छ । मातृभाषा व्यक्तिको पहिलो भाषा हो । घरपरिवार भित्र आमा, बुवा, हजुरआमा, हजुरबुवा, परिवारका अन्य सदस्य, स्याहार सुसार गर्ने व्यक्तिबाट बालबालिकाले पहिलो बोल्न जानेको भाषा नै मातृभाषा हो। मातृभाषा हुनको लागि व्यक्तिले हाल बोल्न जानेकै हुनु पर्दछ।

१७. आफूले बोल्न नजानेको भाषा मातृभाषा हुन सक्छ की सक्दैन ?
उत्तरः मातृभाषा हुनको लागि व्यक्तिले बोल्न जानेकै हुनु पर्दछ। आफूले बोल्न नजानेको भाषालाई मातृभाषामा उल्लेख गर्नु हुदैन।

१८. सबै व्यक्तिहरुको मातृभाषा हुनुपर्ने जरुरी छ त ?
उत्तरः व्यक्ति जन्मै पछि कुनै न कुनै भाषामा बोल्न सिक्छ ।त्यसैले सबै व्यक्तिहरुको मातृभाषा हुनुपर्ने जरुरी छ ।

१९. दोश्रो भाषा भनेको के हो ?
उत्तरः मातृभाषा बोल्न जानी सके पछि बक्ताले बोल्न सिकेको अर्को भाषा दोश्रो भाषा हो। अर्थात् कुनै व्यक्तिले आफ्नो छिमेकी, समुदाय, कामकाजको क्रममा वा अरुसँग बोलचाल गर्दा सम्पर्क भाषाको रुपमा मातृभाषा बाहेक धेरैजसो बोल्ने भाषा नै दोस्रो भाषा हो। कुनै व्यक्तिले जानेको तर छिमेकी, कामकाजको क्रममा वा अरुसँग धेरैजसो बोलचालमा प्रयोग नभएको भाषालाई दोस्रो भाषाको रुपमा लेख्न हुँदैन। व्यक्तिले दोश्रो भाषाको रूपमा सबभन्दा बढी बोल्ने गरेको भाषालाई दोस्रो भाषामा लेख्नुपर्दछ ।

२०. प्रत्येक व्यक्तिको दोश्रो भाषा हुनुपर्ने जरुरी छ त ?
उत्तरः प्रत्येक व्यक्तिको दोश्रो भाषा नहुन सक्दछ। जस्तैः नेपाली मातृभाषा बोल्ने व्यक्तिले नेपाली बाहेक अरु भाषा बोल्दैन भने दोश्रो भाषाको महलमा ड्यास (-) लेख्नु पर्दछ । 

२१. एउटै परिवारका सदस्यको धर्म फरक फरक हुन सक्छ की सक्दैन ?
उत्तरः एउटै परिवारका केही सदस्यले फरक फरक धर्म मान्ने गरेको हुन सक्छ। प्रत्येक व्यक्तिलाई प्रश्न सोधिने भएकोले एउटै परिवारमा पनि भिन्न भिन्न धर्म मान्ने व्यक्ति सँगै बसोबास गरेको हुन सक्दछ।

२२. नागरिकताको प्रमाणपत्र नलिएको व्यक्ति नागरिक हुन सक्छ की सक्दैन ?
उत्तरः  नागरिक हुनको लागि नागरिकता नै हुनु पर्छ भन्ने छैन। नागरिक भन्नाले देशको नागरिक हक, अधिकार उपभोग गर्न पाउने सम्बन्धित व्यक्तिलाई सम्झनु पर्दछ । देशको संविधान, कानूनबमोजिम प्रत्येक देशका नागरिकले त्यस देशको नागरिक हक, अधिकारको उपभोग गरिरहेका हुन्छन् वा गर्न सक्दछन उमेर पुगेका कतिपय बालिग नागरिकले पनि नागरिकताको प्रमाण–पत्र लिएका हुँदैनन् तापनि नागरिक हक, अधिकार उपभोग गरेका हुन्छन् वा गर्नसक्ने कानूनी हैसियत राख्छन्।

२३. नेपालमा बसोबास गरेका विदेशी नागरिकको गणना गर्नुपर्दछ कि गर्नुपर्दैन ?
उत्तरः जनगणनामा नेपालमा अक्सर बसोबास गर्ने विदेशी नागरिकको पनि गणना गरिन्छ। विदेशी  नागरिकहरू पनि विभिन्न उद्देश्य र कामले नेपालमा बसोबास गरेका हुने भएकोले गणनाको परिभाषाले समेटेका विदेशी नागरिकको सबै विवरण एक एक गरी सोध्नु पर्दछ। तर घुम्न आएका, औषधिउपचार गर्न आएका र कामको सिलसिलामा आएका विदेशी व्यक्तिको गणन गर्नु हुदैन।नेपाल स्थित विदेशी दुतावास र शरणार्थी शिविरमा बसोबास गर्न विदेशी व्यक्तिको पनि गणना हुदैन।

२४. वैवाहिक स्थिति भनेको के हो ?
उत्तरः वैवाहिक स्थिति भन्नाले गणनाको समयमा १० वर्ष वा सोभन्दा माथिको उमेरका व्यक्तिको विवाहको स्थितिलाई बुझाउँछ ।

२५. पारपाचुके र छुट्टिएको अवस्थाको भिन्नता के हो ?
उत्तरः विवाहपश्चात श्रीमान्–श्रीमतीको कुनै मनमुटाव वा मतभेद भई श्रीमान–श्रीमती एक अर्कासँग बस्न नसकी कानूनी तवरले छुट्टिई गणनाको समयमा अलग्गै बसेका भए उनीहरुको वैवाहिक स्थिति पारपाचुके भएको मान्नुपर्दछ तर विवाहित श्रीमान्–श्रीमती यदि कुनै झगडा वा मतभेदको कारणबाट सँगै बस्न नसक्ने भई आपसी समझदारी वा असमझदारीबाट बेग्ला बेग्लै बस्ने गरेको भए ती व्यक्तिहरूको वैवाहिक स्थितिलाई छुट्टिएको मान्नुपर्दछ । 

२६. जीवनमा एक पटक विवाह गरी श्रीमानको मृत्यु भई पुःन विवाह गरी बसेको महिलाको वैवाहिक स्थिति के हुन्छ ?
उत्तरः विवाहित हुन्छ।

२७. जीवनकालमा एकपटक विवाह भइसकेका कुनै पुरुषको श्रीमतीको मृत्यु भई गणनाको समयमा विवाह गरी श्रीमान श्रीमती संगै बसेको अवस्थामा उहाँको वैवाहिक स्थिति के हुन्छ ?
उत्तरः विवाहित हुन्छ।

२८. कुनै व्यक्तिले पहिलो पटक विवाह हुंदाको उमेर भन्न नसकेको अवस्थामा के गर्नुपर्दछ ?
उत्तरः कुनै व्यक्तिको पहिलोपटक विवाह हुँदाको उमेर भन्न नसकेको अवस्थामा उसको हालको उमेर र पहिलो विवाह भएको कति वर्ष भयो सोधी सो वर्ष घटाई लेख्नुपर्दछ। त्यस्तै गरेर श्रीमानको उमेर र आफ्नो उमेरको फरकका आधारमा समेत अनुमान गर्न सकिन्छ।

२९. कति बर्षको उमेरमा विवाह गर्नु भयो भन्ने प्रश्न कस्ता व्यक्तिलाई सोध्नुपर्छ ?
उत्तरः अविवाहित बाहेक कम्तिमा एक पटक विवाह भएका विवाहित, विधवा/विधुर, पारपाचुके र छुट्टिएका सबै पुरुष तथा महिलालाई सोध्नुपर्दछ ।

३०. कुनै व्यक्तिको विवाह एकभन्दा बढी पटक भएको भए विवाह गर्दाको उमेर कुन चाहीं लिनुपर्दछ ?
उत्तरः  कुनै व्यक्तिको एकभन्दा बढी पटक विवाह भएको भए पहिलो विवाह गर्दा पूरा भएको उमेर नै लेख्नुपर्दछ, दोस्रो, तेस्रो विवाह गर्दाको उमेर लेख्नुहुँदैन । 

व्यक्तिगत खण्ड (१५–१८) सम्बन्धी 


३१. शैक्षिक विवरण कति बर्षका उमेर भएको व्यक्तिलाई सोध्नु पर्दछ ?
उत्तरः शैक्षिक विवरण ५ वर्ष वा सोभन्दा बढी उमेरका सबै व्यक्तिहरुलाई सोध्नु पर्दछ ।

३२. पढ्न लेख्न जान्ने भन्नाले के लाई जनाउँछ ?
उत्तरः कुनै भाषामा पढ्न, लेख्न र सामान्य हरहिसाब (जोड, घटाउ) गर्न जानेको व्यक्तिलाई पढ्न र लेख्न दुवै जानेको मान्नु पर्दछ। कुनै भाषामा पढ्न मात्र जानेकालाई पढ्न र लेख्न जानेको मान्नुहुँदैन। त्यस्ता व्यक्तिलाई पढ्न मात्र जानेको मान्नुपर्दछ। कुनै भाषामा पढ्न सक्ने र अनुकरण गरी आफ्नो नाम मात्र लेख्न सक्नेलाई पढ्न मात्र जानेको मान्नु पर्दछ।

३३. कहिले पढ्न लेख्न नगएको तर पढ्न पनि जान्ने लेख्न पनि सक्ने भएमा कहाँ उल्लेख गर्नुपर्छ ?
उत्तरः कहिले पढ्न लेख्न नगएको तर पढ्न पनि जान्ने लेख्न पनि सक्ने भएमा कहिले पढ्न लेख्न नगएको अन्तर्गत पढ्न र लेख्न दुवै जानेकोमा उल्लेख गर्नुपर्दछ।

३४. हाल पढ्न लेख्न गइरहेको भन्नाले के बुझिन्छ ?
उत्तरः हाल पढ्न लेख्न गइरहेको भन्नाले गणनाको समयमा विद्या/शिक्षा आर्जनका लागि स्कूल/कलेज (विद्यालय, पाठशाला, शिक्षालय, महाविद्यालय), व्यावसायिक शिक्षालय, विशेष साक्षरता शिक्षा, अनौपचारिक शिक्षा र अन्य संस्था जाने गरेको भन्ने बुझाउँछ। यसमा शिक्षा आर्जन गर्ने क्रममा स्कूल, विद्यालय, व्यावसायिक शिक्षा, विशेष साक्षरता शिक्षा, कलेज वा विश्वविद्यालय वा अन्य संस्थामा भर्ना भई अध्ययन गर्न जाने गरेको हुनुपर्दछ।

३५. अनौपचारिक शिक्षा भनेको के हो ?
उत्तरः औपचारिक विद्यालय वा कक्षामा नियमित उपस्थित भई शिक्षा हासिल गर्न नसक्ने व्यक्तिलाई प्रदान गरिने शिक्षा नै अनौपचारिक शिक्षा हो। यस अन्तर्गत आधारभूत प्रौढ साक्षरता, साक्षरोत्तर शिक्षा, निरन्तर शिक्षा, वैकल्पिक शैक्षिक कार्यक्रमहरु पर्दछन्। नेपाल सरकारद्वारा तोकिएको निश्चित समय र तोकिएको संस्थामा गएर नियमित पठनपाठन गर्न नसक्ने तर सिकाईको लागि उत्सुकहरुलाई दिइने शिक्षा नै वैकल्पिक शैक्षिक कार्यक्रम हो। यस्ता किसिमका बैकल्पिक शिक्षा जस्तैः गुम्बा, मदरसा, गुरुकूल, खुला विद्यालयमा प्रदान गरिने शिक्षा यस अन्तर्गत पर्दछन्।
 
३६. अध्ययनको क्षेत्र कति कक्षा वा तह उत्तीर्ण गरेकोलाई सोध्नुपर्छ ?
उत्तरः १२ कक्षा/प्रमाणपत्र वा सो भन्दा माथिको तह उत्तीर्ण गरेका व्यक्तिको लागि अध्ययनको क्षेत्र कुन हो छुट्टयाई अध्ययन गरेको क्षेत्र लेख्नुपर्छ ।

३७. एउटा व्यक्तिले एउटै शैक्षिक तहमा दुई भिन्न विषयमा अध्ययन पूरा गरी दुई शैक्षिक उपाधी हासिल गरेको रहेछ भने सो व्यक्तिको कुन शैक्षिक क्षेत्र लेख्नुपर्दछ ?
उत्तरः एउटा व्यक्तिले एउटै शैक्षिक तहमा दुई भिन्न विषयमा अध्ययन पूरा गरेको रहेछ भने सो व्यक्तिले कुन क्षेत्रलाई महत्व दिएर भन्न चाहन्छ सोहि क्षेत्र लेख्नुपर्दछ ।

व्यक्तिगत खण्डः प्रश्न २६ देखि २९ सम्म


१. प्रजनन उमेर भनेको के हो ?
उत्तरः कुनै पनि महिलाको मासिक रजस्वला सुरु भई समाप्त नभएको अवस्थामा मात्र गर्भाधान र सन्तान जन्माउने क्षमता हुन्छ। यसलाई प्रजनन क्षमता भनिन्छ । उमेर अनुसार महिलाको प्रजनन क्षमता फरक पर्र्दैजान्छ। यस्तो उमेरलाई महिलाको प्रजनन उमेर पनि भनिन्छ।

२. कति बर्षको उमेरका महिलाको प्रजनन् सम्बन्धी विवरण सोध्नुपर्दछ ?
उत्तरः महिलाको प्रजनन सम्बन्धी विभिन्न प्रश्नहरु १५ बर्ष देखि ४९ बर्षको उमेरका कम्तिमा एकपटक विवाह गरेका महिलाहरुलाई मात्र सोध्नुपर्दछ।

३. महिलाको प्रजनन् सम्बन्धी विवरणमा गत १२ महिना भन्नाले कुन दिन देखि कुन दिन सम्म बुझ्नुपर्दछ ?
उत्तरः गत १२ महिना भन्नाले  गणनाको दिन भन्दा ३६५ दिन अघि सम्मको अवधि बुझ्नुपर्दछ । जस्तैः गणना गरेको दिन २०७८ साल कार्तिक २५ गते भए २०७७ साल कार्तिक २६ देखि २०७८ साल कार्तिक २५ गतेसम्म हुन्छ।

४. महिलाले हालसम्म जन्माएका जीवित बच्चाहरु भन्नाले के बुझिन्छ ?
उत्तरः कुनै महिलाले जन्माएका जीवित बच्चाहरु भन्नाले बच्चा जन्मिसकेपछि रोएको, आवाज निकालेको, हलचल गरेको, श्वास प्रश्वास क्रिया चालु रहेको, जन्मिएको केहि समय पछि मृत्यु भएको र जन्मिने वित्तिकै मृत्यु भएको समेत पर्दछन् । गर्भ बिग्रेको वा खेर गएको, गर्भमै मृत बच्चा जन्मेकोलाई जीवित जन्म भन्न मिल्दैन । बच्चा जन्मँदै मृत्यु भएको भए गणनामा समावेश गर्नुपर्दैन भने जीवित जन्मेको बच्चाको गणना गर्न छुटाउनुहुँदैन ।

५. कुनै महिलाले दोश्रो विवाह गरेकी रहिछन् तर उनको  पहिलो  बच्चा पहिलो श्रीमानसंगै बस्छन भने त्यो बच्चाको गणना गर्नुपर्दछ कि गर्नुपर्दैन ?
 उत्तरः कुनै महिलाले दोश्रो विवाह गरेकी रहिछन् र उनको पहिलो श्रीमनसँग हुँदा जन्मेको  बच्चा पहिलो श्रीमानसँगै बस्छन भने पनि यी महिलाबाट जन्मेका बच्चाहरुको महलमा उक्त बच्चाको संख्या समेत उल्लेख गर्नुपर्दछ ।
 
६. कुनै महिलाले एक भन्दा बढि पुरुषसँग विवाह गरेको अवस्थामा पहिलेका श्रीमानसँग रहदा जन्मेका बच्चालाई महिलाको हालसम्म जन्मेका जम्मा छोरा छोरीको संख्यामा लिने कि नलिने ?
उत्तरः कुनै महिलाले एक भन्दा बढि पुरुषसँग विवाह गरेको अवस्थामा पहिलेका श्रीमानसँग सँगैबस्दा जन्मेका बच्चालाई समेत समाबेस गरी उक्त महिलाले जिवित जन्माएका सबै छोरा छोरीको संख्यामा लिनु पर्दछ ।

७. बच्चा मृत जन्मेको भए गणनामा समावेश गर्नु पर्दछ कि पर्दैन ?
उत्तरः यदि कुनै महिलाले मृत बच्चा जन्माएको भए गणनामा समावेश गर्नु पर्दैन ।

८. कुनै महिलाको जायजन्म सम्बन्धी विवरण सोध्दा जन्मने वित्तिकै मृत्यु भएका बच्चाको विवरण पनि सोध्नु पर्दछ ?
उत्तरः महिलाको जायजन्म सम्बन्धी विवरण सोध्दा जन्मने वित्तिकै मृत्यु भएका बच्चाको विवरण पनि सोध्नु पर्दछ । 

९. कुनै महिलाको जायजन्म सम्बन्धी विवरण सोध्दा छुट्टि भिन्न बसेका छोरा छोरी वा विवाह गरेर गएकी छोरीको विवरण पनि सोध्नु पर्दछ ?
उत्तरः  महिलाको जायजन्म सम्बन्धी विवरण सोध्दा छुट्टि भिन्न बसेका छोरा छोरीको वा विवाह गरेर गएकी छोरीको समेत विवरण सोध्नु पर्दछ ।

१०. गत १२ महिनामा जीवित जन्म भई तुरुन्त वा पछि मरेको बच्चा भए पनि जीवित जन्मेको मानी गणनामा समावेश गर्नुपर्दछ कि पर्दैन ?
उत्तरः गत १२ महिनामा जीवित जन्म भई तुरुन्त वा पछि मरेको बच्चा भए पनि जीवित जन्मेको मानी गणनामा समावेश गर्नुपर्दछ ।

११. परिवारमूली वा उत्तरदाता पुरुष भएमा महिलाहरुको प्रजनन् सम्बन्धी विवरण कस्लाई सोध्ने ?
उत्तरः परिवारमूली वा उत्तरदाता पुरुष भएमा महिलाहरुको प्रजनन सम्बन्धि विवरण थाहा हुन पनि सक्छ र नहुन पनि सक्छ । यदि गणनाको समयमा सम्बन्धित महिलासमेत उपस्थित हुन सक्ने अवस्था भएसम्म उत्तरदातालाई थाहा नभएको प्रजनन् सम्बन्धि प्रश्नहरु सम्बन्धी महिलाबाट लिनु पर्दछ ।

१२. कुनै १५ बर्ष नपुगेकी महिलाको सानो बच्चा छ वा ४९ बर्ष भन्दा बढी उमेर भएकी महिलाको सानो बच्चा छ भने के गर्ने ?
उत्तरः कुनै महिलाको काखमा सानो बच्चा छ तर उनको उमेर १५ बर्ष भन्दा कम वा ४९ बर्ष भन्दा बढी देखिएमा पुनः महिलाको बच्चा जन्माउदाको समयमा पुराभएको उमेर यकिन गर्न लगाउनु पर्दछ । यसो गर्दा पनि महिलाको उमेर १५ वर्ष देखि ४९ वर्ष भित्र नपरेमा प्रजनन सम्बन्धि प्रश्न सोध्नु पर्दैन तर परिवारको संख्यामा भने उल्लेख गर्नु पर्दछ ।

१३. १५ देखि ४९ वर्ष उमेरसम्मका कम्तिमा एकपटक विवाह भएका महिलाबाट एकजना पनि जीवित जन्म नभएको भए छोरा र छोरीको संख्या कसरी लेख्नुपर्दछ ?
उत्तरः १५ देखि ४९ वर्ष उमेरसम्मका कम्तिमा एकपटक विवाह भएका महिलाबाट एकजना पनि जीवित जन्म नभएको भए छोरा र छोरीको संख्यामा ०० लेख्नु पर्दछ, खाली छाड्नु हुदैन ।

१४. प्रजनन सम्बन्धी विवरणमा विशेष ध्यान दिनुपर्ने कुरा के के हुन् ?
उत्तरः प्रश्न सोध्दा जिउँदो जन्म भई मृत्यु भएका छोराछोरी कुनै थिए कि विशेष सोधखोज गर्नुपर्दछ । कतिपयले छोराछोरी मृत्यु भएको दुखद घटनालाई बिर्सन चाहने हुनाले त्यस्ता विवरणहरू दिन उत्तरदाताले प्राय गरी रुचाउँदैनन् । साथै यस्तो विवरण दिन आवश्यक पर्दैन भन्ने धारणा पनि हुनसक्दछ । तर प्रजनन् र मृत्युसम्बन्धी अध्ययनका लागि यो विवरण अत्यावश्यक हुने हुनाले गणकले यस्तो प्रश्नहरू सोध्दा अलि संवेदनशील भई महिलाहरुले जीवित जन्माएका सबै छोराछोरीहरुको संख्या राम्ररी सम्झेर बताउन अनुरोध गर्नुपर्दछ ।
खासगरेर जन्म भएको तुरुन्तै वा केही समयपछि मृत्यु भएका बच्चाहरूको विवरण दिन र लिन छुट हुने सम्भावना बढी हुन्छ । यस्तै विवाह भएर अर्काको घर गएका छोरीहरू गणनामा छुट्न सक्दछन् । पुनर्विवाह भएका महिलाको अघिल्लो श्रीमान्को तर्फबाट जन्मेका छोराछोरीको संख्या छुट्न सक्ने हुन्छ ।

१५. १८ बर्ष पुरा नभएका परिवारका सदस्य को सँग बसेका छन् भन्ने प्रश्न सोध्नुको उद्देश्य के हो ?
उत्तरः बालबालिकाहरुको लालन पालन, शिक्षा र अन्य आबश्यक आधारभूत कुराहरु परिपूर्ति हुनका लागि उनिहरु कोसँग बसेका छन् भन्ने कुरामा धेरै फरक पर्ने हुन्छ । उनीहरुको बाल्यकाल आमा बुबा, नातेदार, काम लगाउने व्यक्ति वा अन्य कुनै व्यक्तिसँग ब्यतित भएको थियो भन्ने जानकारी प्राप्त गर्ने उद्देश्यले यो प्रश्न सोधिएको हो । 

१६. १८ बर्ष नपुगेका विद्यार्थिहरु सँगै डेरा गरी बस्ने गरेको अवस्थामा को सँग बसेको लेख्ने ?
उत्तरः १८ बर्ष नपुगेका विद्यार्थिहरु सँगै डेरा गरी बस्ने गरेको अवस्थामा "अन्य ब्यक्तिसँग" बसेको लेख्नु पर्दछ ।

१७. १८ बर्ष नपुगेको व्यक्ति आफै परिवारमूली भएमा को सँग बसेको लेख्ने ?
 उत्तरः नातेदारहरुसँग बसेको भए अन्य नातेदारसँग र अन्य ब्यक्तिसँग बसेको भए "अन्य ब्यक्तिसँग" लेख्नु पर्दछ । 

१८. १८ बर्ष नपुगेको व्यक्ति एक आपसमा विवाह गरि सँगै बसेको अवस्थामा को सँग बसेको लेख्ने ?
उत्तरः १८ बर्ष नपुगेको व्यक्ति एक आपसमा विवाह गरी सँगै बसेको अवस्थामा "अन्य नातेदारसँग" लेख्नु पर्दछ । 

१९. १८ बर्ष नपुगेको महिला विवाह गरि सासु ससुरासँगै बसेको अवस्थामा को सँग बसेको लेख्ने ?
उत्तरः १८ बर्ष नपुगेको महिला विवाह गरि सासु ससुरासँगै बसेको अवस्थामा "अन्य नातेदारसँग" लेख्नु पर्दछ । 

२०. आमा बुवा दुवै भएको तर बुवा रोजगारीको लागि विदेश वा स्वदेशको अन्य कुनै ठाउँमा अक्सर बसोबास गर्ने गरेका छन् र उनका छोराछोरी आमासँग बस्दछन् भने त्यस्तो अवस्थामा को सँग बसेको लेख्नुपर्दछ ?
उत्तरः  आमा बुवा दुवै भएको तर बुवा रोजगारीको लागि विदेश वा स्वदेशको अन्य कुनै ठाउँमा अक्सर बसोबास गर्ने गरेका छन् र उनका छोराछोरी आमासँग बस्दछन् भने त्यस्तो अवस्थामा  "आमासँग मात्र" बसेको मान्नुपर्दछ, आमाबावु दुबैसँग बसेको मान्नुहुँदैन ।

२१. १८ बर्ष नपुगेको बालबालिकाहरु काम लगाउने व्यक्तिसँग  बसेको भन्नाले के बुझुनपर्दछ ?
उत्तरः गणना गर्न लागिएका परिवारमा १८ वर्ष उमेर नपुगेका केटा वा केटी कामदारको रुपमा काम लगाउने व्यक्तिको घरमा बसेको भए काम लगाउने व्यक्तिसँग  बसेको बुझुनपर्दछ । कामदार भन्नाले तलब÷ज्याला (नगद वा जिन्सी वा दुवै) वा अरू कुनै किसिमको पारिश्रमिक÷सुविधा दिई घरको काम गर्न राखेको व्यक्तिलाई जनाउँछ ।

२२. १८ बर्ष नपुगेको बालबालिकाहरु को सँग बसेको प्रश्नमा अन्य नातेदार र अन्यमा के भिन्नता छ ?
उत्तरः १८ बर्ष नपुगेको बालबालिकाहरु आमा बाबुदुबैसँग, आमासँगमात्र, बाबुसँगमात्र, सौतेनी आमासँग वा सोतेलो बाबुसँग बाहेक परिवारका अन्य नातापर्ने ब्यक्तिहरुसँग बसेको अवस्थामा "अन्य नातेदारसँग" बसेको र नाता नपर्ने अन्य ब्यक्तिसँग बसेको अवस्थामा "अन्य ब्यक्तिसँग" बसेको भन्ने बुझ्नु पर्दछ ।

१. अपाङ्गता सम्बन्धी प्रश्न कसलाई सोधिन्छ ?
उत्तरः अपाङ्ता सम्बन्धि विवरण परिवारमूली वा परिवारको बारेमा राम्रो जानकारी राख्ने व्यक्तिलाई सबै परिवारका सदस्यको बारेमा एक एक गरी सोधिन्छ। परिवारमा अक्सर बसोबास गर्ने महिला, पुरुष तथा अन्य लिङ्गी, बालबालिका, युवा, वयस्यक, ज्येष्ठ नागरिक. काम गर्न बसेका व्यक्ति आदि सबैलाई अपाङ्गता सम्बन्धी प्रश्न सोध्नु पर्दछ र उनीहरुमा कुनै पनि प्रकारको अपाङ्ता भए नभएको एकिन गर्नु पर्दछ ।

२. जनगणनामा अपाङ्गता सम्बन्धी प्रश्न किन राखिएको हो ?
उत्तरः नेपालको संबिधानले व्यवस्था गरेको समानता, सामाजिक न्याय र सामाजिक सुरक्षा लगायतका मौलिक हकको कार्यान्वयन गर्न यस प्रश्नको धेरै महत्व रहेको छ । अपाङ्गता भएका व्यक्तिहरुको लागि राज्यले अबलम्बन गर्नुपर्ने कानूनी तथा नीतिगत व्यवस्था र योजना तथा कार्यक्रम सञ्चालनको लागि आवश्यक आधारभूत तथ्याङ्क प्राप्त गर्नु नै यस प्रश्नको मुख्य उद्देश्य हो ।

३. गणनाको समयमा अपाङ्गता सम्बन्धी विवरण सोध्न पर्न सक्ने मुख्य ४ चुनौतीहरु के के हुन सक्छ? यसलाई कसरी समाधान गर्न सकिन्छ?
उत्तरः विभिन्न सामाजिक परिवेश, अन्धविश्वास तथा अपाङ्गतालाई पूर्वजन्मसँग जोड्ने प्रवृत्तिको कारण अपाङ्गतासम्वन्धी (विशेष गरी महिलाहरुको) विवरण संकलन गर्नु अत्यन्त चूनौतीपूर्ण रहेको छ। अपाङ्गतासम्वन्धी सीधा प्रश्नले मात्र यथार्थ विवरण ल्याउन अत्यन्त कठीन हुन्छ। गणनाको समयमा गणकले महत्वपूर्ण चार कुरामा विशेष ध्यान पु¥याउनु पर्दछ । १. केही परिवारले अपाङ्गता लुकाउन चाहन्छन, २. अपाङ्गता पहिचान गर्न कठिन हुनसक्छ, ३. अपाङ्गता भन्दा पनि बिरामी र अशक्त छन भन्न सक्छन र ४. नाम टिपेर के सुविधा दिन्छौ?  भन्ने जस्ता समस्या र प्रश्न आउन सक्छ । 
यस्तो अवस्थामा गणकले अपाङ्गतासम्वन्धी यथार्थ विवरण दिंदा भविष्यमा त्यही विवरणको आधारमा सरकारलाई अपाङ्गतासम्वन्धी नीति तथा कार्यक्रम निर्माण गर्न र त्यसले अन्ततोगत्वा अपाङ्गता भएका व्यक्तिहरुलाई नै फाइदा हुने कुरा बताई सही विवरण प्राप्त गर्ने प्रयास गर्नुपर्दछ ।

४. तपाईको परिवारमा कोही अपाङ्गता भएको व्यक्ति हुनु हुन्छ भनी प्रश्न ठिक हो?
उत्तरः जनगणनाको प्रश्नमा ..[नाम]..अपाङ्गताको अवस्था कस्तो हो भनी प्रश्न गरिएको छ।तसर्थ परिवारमूली वा परिवारमा उत्तर राम्रोसँग दिन सक्ने परिवारका सदस्यलाई प्रत्येक व्यक्तिको नाम लिएर अपाङ्गता भए नभएको सोध्नु पर्दछ। उत्तरदातालाई सबै प्रकारको अपाङ्गताको बारेमा थाहा नहुन सक्छ । तसर्थ प्रश्नमा दिएका सम्भावित उत्तरहरु वा अपाङ्गताका प्रकारको बारेमा उनीहरुलाई जानकारी पनि दिनु पर्दछ । जसले गर्दा उनीहरुलाई अपाङ्गताको प्रकारका बारेमा जबाफ दिन सजिलो हुन्छ।  

५. अपाङ्गता भएको व्यक्ति भन्नाले के बुझिन्छ?
उत्तरः अपाङ्गता भएका व्यक्ति “भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा ईन्द्रिय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फङ्सनल लिमिटेशन) वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनु पर्छ । 

६. जनगणनामा अपाङ्गतालाई कति प्रकारमा वर्गीकरण गरी विवरण संकलन गरिन्छ? ती के के हुन?
उत्तरः शारीरिक, न्युन दृष्टियुक्त, पूर्ण दृष्टिविहीन, बहिरोपन, सुस्तश्रवण, श्रवण दृष्टिविहीन, स्वर र बोलाइसम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तश्राव (हेमोफेलिया), अटिजम् र बहुअपाङ्गता गरी १२ प्रकारका अपाङ्गताको विवरण संकलन गरिन्छ ।

७. शारीरिक अपाङ्ता भएको व्यक्तिको पहिचान कसरी गर्ने?
उत्तरः कुनै व्यक्तिमा निम्न विशेषतामध्ये कुनै एक विशेषता भए निजलाई शारीरिक अपाङ्गता अन्तर्गत गणना गर्नु पर्दछ।
• शरीरका अंगहरू चलाउन कठिनाई,
• हिँडडुल गर्न, सिँडी उक्लन, हात खुट्टा चलाउन कठिनाई,
• ढाड गर्धन नचल्ने अवस्था, मांशपेशी, नशा सम्बन्धी कठिनाई, 
• हात, खुट्टा गुमाएको वा नचल्ने, छोटो हुने, कमजोर भइ काम नगर्ने अवस्था, 
• मांशपेशी विचलन, मेरूदण्ड पक्षघात भएको अवस्था,
• होचा पुड्का हुने अवस्था, ,
• वैशाखी, ह्वीलचियर, ट्राइसाइकल, लठ्ठी, क्यालिपर, विशेष प्रकारको जुत्ता, कृत्रिम हात वा खुट्टाहरू प्रयोग गरेर दैनिक जीवनका कामहरू गर्नुपर्ने अवस्था ।

८. पुरै कान नसुन्ने र पुरै बोल्न नसक्ने, श्रवण यन्त्र लगाएर पनि कुनै आवाज सुन्न नसक्ने वा सञ्चारको लागि सांकेतिक भाषा प्रयोग गर्नु पर्ने व्यक्तिलाई पूर्ण दृष्टिविहीन अन्तर्गतको अपाङ्गतामा गणना गरिन्छ भने न्यून दृष्टियुक्त अपाङ्गतामा कस्तो व्यक्तिलाई गणना गरिन्छ? 
उत्तरः कुनै व्यक्तिको औषधी, शल्य चिकित्सा तथा चस्मा प्रयोग जस्ता उपचारबाट पनि २० फिटको दूरीबाट हातको औँला छट्टयाउन सक्दैन भने त्यस्तो व्यक्तिलाई न्यून दृष्टियुक्त मानिएको छ । यस्ता व्यक्तिका निम्नानुसारका विशेषता हुन्छन्ः– 
• आँखा एकदमै कम देख्ने र वस्तु, अक्षर वा चिजविज हेर्दा आँखाको नजिकै लगेर हेर्नुपर्ने, 
• असाध्यै पावरफुल चश्मा लगाएर पनि बस्तुहरु हेर्न आँखा नजिकै लानुपर्ने, 
• म्याग्नीफाइङ ग्लासको प्रयोग गरेर वस्तुहरू वा अक्षरहरू चिन्न सक्ने,
• धेरै प्रकाश भएको ठाउँमा वस्तुहरू छुट्याउन वा देख्न सक्ने तर छायाँमा देख्न नसक्ने । 

९. पुरै कान नसुन्ने, बोल्न नसक्ने र सञ्चारका लागि सांकेतिक भाषा प्रयोग गर्नुपर्ने व्यक्ति बहिरा अपाङ्गता अन्तर्गत पर्दछ भने सुस्तश्रवण अपाङ्गता अन्तर्गत कस्ता विशेषता भएका व्यक्ति पर्दछ? 
उत्तरः सुस्तश्रवण भन्नाले कान कम मात्र सुन्ने तर कम सुनेर स्पष्टसँग बोल्न सक्ने वा नसक्ने, सुन्नको लागि कानमा श्रवण यन्त्र राख्नुपर्ने व्यक्ति भन्ने बुझिन्छ। वास्तवमा स्पष्ट बोल्ने वा नबोल्ने भन्दा पनि कान कम सुन्ने कुरा मुख्य विषय हो । केही मानिसहरू जीवनकालमा पछि पनि कान कम सुन्ने हुन्छन् तर बोली चाहीँ प्रष्ट बुझिने नै हुन्छ । त्यसैले गणना गर्दा कान कम सुन्ने कुरालाई चाहीँ मुख्य आधार बनाउनुपर्दछ, बोलीलाई होइन । यिनीहरुमा ठुलो आवाज सुन्न सक्ने, श्रवणयन्त्र लगाएर सुन्न सक्ने, अलि अलि अस्पष्ट बोल्न र ठुलो आवाज वा श्रवणयन्त्र लगाएर सुन्न सक्ने विशेषता हुन्छ।

१०. कुनै व्यक्ति कान कत्तिपनि नसुन्ने तर बोली प्रष्ट छ भने कस्तो प्रकारको अपाङ्गता भित्र पर्दछ? 
उत्तरः कतिपय दुर्घटनाको कारणले यस्तो व्यक्ति पनि हुन्छन्। जो कान कत्तिपनि सुन्दैनन् तर बोली प्रष्ट हुन्छ यिनीहरु “बहिरा” अन्तर्गत नै पर्दछन्। 

११. बहिरा र सुस्तश्रवण अपाङ्गता भएको कुनै व्यक्ति कसरी छुट्याउने? 
उत्तरः व्यक्तिको बोलीबाट बहिरा र सुस्तश्रवण छुट्याउनु हुँदैन । जन्मजात वा पछि नबोल्ने र कान नसुन्ने व्यक्ति बहिरा अन्तर्गत पर्दछन।  विभिन्न कारणले कान कत्तिपनि नसुन्ने तर बोल्न सक्ने व्यक्तिहरु पनि बहिरा अन्तर्गत नै पर्दछन।  तर कान कम सुन्ने व्यक्तिहरु बोल्न सक्ने भएमा वा बोल्न नसक्ने भएसमेत सुस्तश्रवण अन्तर्गत पर्दछन्। अर्थात् स्पष्ट बोल्न नसक्ने वा बोलेको कुरा स्पष्ट नबुझिने व्यक्ति यदि कान कम सुन्ने भए सुस्तश्रवण अन्तर्गत राखी संकेत छ लेख्नुपर्दछ। 

१२. श्रवण दृष्टिविहीन व्यक्तिलाई कसरी पहिचान गर्ने? 
उत्तरः सुनाइ सम्बन्धी र दृष्टिसम्बन्धी दुवै अपाङ्गता भएको वा दुईवटा इन्द्रिय सम्बन्धी अपाङ्गताको संयुक्त अन्तरक्रिया रहेको व्यक्तिलाई श्रवण दृष्टिविहीन अपाङ्गता भएको बुझ्नुपर्दछ । यस्ता व्यक्तिमा सुन्ने र देख्ने दुवै अङ्गले गर्ने कार्यमा एकैपटक वा पालैपालो सीमितता वा सुन्यता आएको अवस्था जस्ता विशेषता हुन्छन्। 

१३. स्वर र बोलाइसम्बन्धी अपाङ्गता कसरी पहिचान गर्न सकिन्छ? 
उत्तरः स्वर र बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति पहिचान गर्न निम्नमध्ये एक विशेषता भएको अवस्था हुनु पर्दछ। 
• बोल्न, शब्दहरू अभिव्यक्त गर्न, आवाज निकाल्न समस्या हुने, 
• बोल्दा स्पष्ट नबुझिने, 
• शब्दहरू दोहोरिने वा बोल्दा भकभकाउने, बोल्दा बोल्दै विचैमा लामो समयसम्म अड्किने, 
• शब्दहरु उच्चारण गर्न कठिनाइ हुने वा बोलि नै नआउने पनि हुने,
• बोल्दा स्वर यन्त्रको आवश्यकता पर्ने ।

१४. मानसिक वा मनोसामाजिक अपाङ्गता भन्नाले कस्तो अपाङ्ता हो?  
उत्तरः मस्तिष्क र मानसिक अङ्गमा आएको समस्या तथा सचेतना, स्फूर्ति, स्मरणशक्ति, भाषा, गणनाजस्ता बौद्घिक कार्य सम्पादनका सन्दर्भमा आउने समस्याको कारणले उमेर र परिस्थिति अनुसार व्यवहार गर्न समस्या हुने अवस्थाको व्यक्ति यस अन्तर्गत पर्दछन् । यो अवस्था व्यक्तिमा हुने असफलता, खिन्नता वा तनाव आदिको कारणले मानिसको जुनसुकै उमेर वा अवस्थामा देखापर्न सक्दछ । यो जन्मजात हुँदैन, उपचार गरेको अवस्थामा निको हुन सक्दछ । 

१५. के बौद्धिक अपाङ्गता मानसिक वा मनोसामाजिक अपाङ्ता जस्तै हो?   
उत्तरः बौद्धिक अपाङ्गता र मानसिक वा मनोसामाजिक अपाङ्गता एउटै होइन । यी अपाङ्ता बीच निम्न फरक रहेका छन्।
• उमेर बृद्धिसँगै बौद्धिक सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरण सापेक्ष क्रियाकलापहरु गर्न समस्या हुने व्यक्तिलाई बौद्धिक अपाङ्गता हो भने मस्तिष्क र मानसिक अङ्गमा आएको समस्या तथा सचेतना, स्फूर्ति, स्मरणशक्ति, भाषा, गणनाजस्ता बौद्घिक कार्य सम्पादनका सन्दर्भमा आउने समस्याको कारणले उमेर र परिस्थिति अनुसार व्यवहार गर्न समस्या हुने अवस्था मानसिक वा मनोसामाजिक अपाङ्गता हो।  
• बौद्धिक अपाङ्गता जन्मजात पनि हुनसक्दछ भने मानसिक वा मनोसामाजिक अपाङ्गता व्यक्तिमा हुने असफलता, खिन्नता वा तनाव आदिको कारणले मानिसको जुनसुकै उमेर वा अवस्थामा देखापर्न सक्दछ। 
• उमेर अनुसार गर्नुपर्ने दैनिक जीवनयापनका क्रियाकलापहरु जस्तैः खाना खाने, लुगा लगाउने, दिसा पिसाब र आफ्नो स्याहारमा अरूको मद्दत चाहिने वा स्मरण शक्ति कम हुने वा उमेर अनुसारको कुनै कुरा सिक्न ढिलो हुनुलाई बौद्धिक अपाङ्गता भएको बुझिन्छ भने मानसिक अस्वस्थता वा विचलन वा विकृतिको कारण दैनिक जीवनयापन गर्न कठिनाइ भएका व्यक्ति मानसिक वा मनोसामाजिक अपाङ्गता बुझिन्छ। 

१६. बौद्धिक अपाङ्गता विशेषता के के हुन्छन्?   
उत्तरः बौद्धिक अपाङ्गता भएका व्यक्तिमा निम्न विशेषता हुन्छन्ः
• सिकाइमा हुने ढिलाई वा सुस्तता, 
• मस्तिष्कले गर्ने कामहरूमा देखिने सीमितता, 
• उमेर अनुसार गर्नुपर्ने व्यवहारहरू सिक्न र गर्न कठिनाइ हुने,
• युवा अवस्थामा प्रवेश गरेपनि व्यवहार भने सानो बच्चाको जस्तो नै रहने,
• यस्तो समस्या भएका व्यक्तिहरूलाई सामान्य भन्दा सामान्य कुरा वा सामाजिक व्यवहारहरू सिक्न निकै लामो समय लाग्ने र सिकिहाले भने पनि एकदमै चाँडो बिर्सने ।

१७. अनुवंशीय रक्तश्राव (हेमोफेलिया) लाई कसरी बुझ्नु पर्दछ
उत्तरः यस्तो अपाङ्गता भएका व्यक्ति व्यक्तिमा निम्न विशेषता हुन्छन्ः–
• हेमोफेलिया रक्त संचार प्रणालीसँग जोडिएको वंशाणुगत समस्या उत्पन्न हुने शारीरिक अवस्था, 
• सानो तिनो चोटपटक लाग्दा रगतलाइ जम्न मद्दत गर्ने क्लटिङ फ्याक्टर वा प्लाज्माको कमि वा अभावको कारणले यस्तो हुने, 
• कुनै कारणले रक्तश्राव भयो भने रोकिँदैन, यस्तो रक्तश्राव आन्तरिक वा बाह्य हुने, 
• आन्तरिक रक्तश्राव भैरहने हुनाले जोर्नीहरूमा असह्य पिडा हुने, हिँड्डुलमा समस्या हुने वा हिँडडुल गर्न नसक्ने जस्ता सीमितता हुने ।

१८. अटिजम् भएका व्यक्तिको कस्तो अवस्था हुन्छ
उत्तरः अटिजम् भएका व्यक्तिमा निम्न विशेषता हुन्छन्ः–
• साथिभाइसँग घुलमिल हुन नचाहने, एक्लै वस्ने र आफ्नै तरिकाले गतिविधिहरू गर्ने, 
• संचार गर्न नसक्ने, भाषा सिक्न नसक्ने,
• सामाजिक सीपहरू सिक्न वा सिकाउन कठिनाइ हुने, 
• एउटै व्यवहार दोहोर्याइ रहने वा शरीरको कुनै अंग चलाइरहने, जस्तैः हात हल्लाइरहने, 
• दैनिक कृयाकलापहरू गर्न वा पढ्न लेख्न सिकाउन विल्कुलै फरक विधि र तरिकाहरू अपनाउनुपर्ने, 
• आँखामा आँखा जुधाएर कुरा गर्न नसक्ने, 

१९. बहुअपाङ्गता भन्नाले के बुझिन्छ?
उत्तरः अपाङ्गता प्रकृतिहरुमध्ये एउटै व्यक्तिमा कुनै दुई वा दुई भन्दा बढी अपाङ्गताको अवस्था एउटै व्यक्तिमा देखापरेमा त्यो बहुअपाङ्गता भन्ने बुझिन्छ। जस्तैः शारीरिक अपाङ्गता र दृष्टिविहिनता, शारीरिक अपाङ्गता र स्वर वोलाई सम्बन्धी अपाङ्गता आदि । 

२०. के श्रवणदृष्टिविहीन बहुअपाङ्गता हो?
उत्तरः श्रवण दृष्टिविहीन मात्र भएमा बहुअपाङ्गता अन्तर्गत पर्दैन तर श्रवण दृष्टिविहीन सँगै अन्य अपाङ्गता भएमा बहुअपाङ्गतामा पर्दछ 

राष्ट्रिय जनगणना २०७८ को मुख्य प्रश्नावलीः व्यक्तिगत खण्ड, आर्थिक क्रियाकलाप सम्बन्धी विवरण (महल ३१ देखि ३७) सम्बन्धी केही प्राविधिक प्रश्न तथा तिनको उत्तर 


१. जनगणनामा आर्थिक क्रियाकलाप सम्बन्धी प्रश्नहरू के उद्देश्यका लागि सोधिन्छ ? 
उत्तरः जनगणनाबाट प्राप्त हुने आर्थिक तथ्याङ्क खासगरी कुल गार्हस्थ उत्पादन (जि.डि.पि.) अनुमान,  गरिबी अनुमान, रोजगारीको अवस्था तथा श्रम बजारको स्थिति मापन, आर्थिक संरचनाको चित्रण लगायतका विविध क्षेत्रमा प्रयोग गरिन्छ। यसरी प्राप्त हुने सूचनाको मूलत आर्थिक तथा मानव संसाधन सम्बन्धी नीति तर्जुमा, कार्यान्वयन तथा मूल्याङ्कन गर्न; स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास लक्ष्यहरु मापन गर्न; स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक सूचकहरुको तुलना गर्न निकै महत्वपूर्ण योगदान रहन्छ । यस्ता महत्वपूर्ण सूचकहरूको आपुर्ति गर्ने उद्देश्यले जनगणनामा आर्थिक क्रियाकलाप सम्बन्धी प्रश्नहरू सोधिन्छ ।

२. जनगणनामा आर्थिक क्रियाकलाप अन्तर्गत के कस्ता प्रश्नहरू सोधिन्छ ? 
उत्तरः राष्ट्रिय जनगणना २०७८ मा आर्थिक क्रियाकलाप अन्तर्गत विभिन्न ७ वटा प्रश्नहरू सोधिन्छ। जस अन्तर्गत गणना हुने व्यक्तिले गत १२ महिनामा आर्थिक कार्य गरेको जम्मा महिना, निजले गरेको मुख्य आर्थिक कामको विवरण र पद, निजले काम गरेको संस्था र सो संस्थाबाट उत्पादन हुने प्रमुख वस्तु वा सेवा, काममा संलग्नताको अवस्था , आर्थिक कामको संस्थागत क्षेत्र, यदि काम नगरेको भएमा सो को मुख्य कारण र कामका लागि उपलब्धता सम्बन्धी प्रश्नहरू रहेका छन् ।

३. आर्थिक क्रियाकलाप भन्नाले के बुझिन्छ ? 
उत्तरः आम्दानी हुने वा नहुने निम्न बमोजिमका कार्यहरूलार्इ आर्थिक क्रियाकलाप भनिन्छ ।
• बिक्रि गर्ने वा घरायसी उपभोग गर्ने प्रयोजनका लागि वस्तुको उत्पादन गर्ने कार्य वा
• बिक्रि गर्ने प्रयोजनका लागि सेवाको उत्पादन गर्ने कार्य ।

४. आम्दानी हुने आर्थिक कार्य भन्नाले कस्ता कार्यलार्इ बुझाउँछ ? 
उत्तरः पुंजी वा श्रम लगानी गरी उत्पादित बस्तु वा सेवा बिक्रि गरे बापत नगद वा जिन्सीको रुपमा लाभ वा आम्दानी प्राप्त हुन्छ भने त्यस्ता सबै प्रकारका कार्यलार्इ आम्दानी हुने आर्थिक कार्य भनिन्छ । जस्तैः परिवारको कुनै सदस्यले बिक्रि गर्ने प्रयोजनका लागि डोको बुन्ने, नाम्लो बाट्ने, दाउरा खोज्ने आदि ।

५. आम्दानी नहुने आर्थिक कार्य भन्नाले कस्ता कार्यलार्इ बुझाउँछ ? 
उत्तरः पुंजी वा श्रम लगानी गरी उत्पादित बस्तु आफ्नै परिवारको उपभोगका लागि प्रयोग गरिएको छ भने त्यस्ता सबै प्रकारका कार्यलार्इ आम्दानी नहुने आर्थिक कार्य भनिन्छ । जस्तैः परिवराकै प्रयोगका लागि परिवारकै सदस्यले डोको बुन्ने, नाम्लो बाट्ने, दाउरा खोज्ने, पानी बोक्ने आदि ।

६. गैर आर्थिक क्रियाकलाप भनेको के हो ?
उत्तरः कुनै व्यक्तिले आफ्नै घरायसी उपभोगकालागि उत्पादन गर्ने सेवाहरूलार्इ गैर आर्थिक क्रियाकलाप भनिन्छ । जस्तैः घरधन्दा, बालबच्चाको हेरचाह, परिवारको अशक्त सदस्यको स्याहार, लुगा धुने, भात पकाउने, भाँडा माझ्ने आदि । 

७. आर्थिक क्रियाकलाप अन्तर्गत के कस्ता कार्यहरू पर्दछन् ? 
उत्तरः आर्थिक क्रियाकलाप अन्तर्गत देहाय बमोजिमका कार्यहरू पर्दछन् ।
• आफ्नै खेतिपाती कृषि कार्यहरू जस्तैः तरकारीबाली, अन्नबाली आदिको लागि खेतबारी खनजोत गर्ने, बिउ बिरूवा रोप्ने, गोडमेल गर्ने, सिंचार्इ गर्ने, भित्र्याउने आदि,
• आफ्नै गैरकृषि व्यवसाय अन्तर्गतका कार्यहरू जस्तैः पसल राख्ने, साना ठूला उद्योग सञ्चालन गर्ने, सेवा व्यवसाय सञ्चालन गर्ने आदि,
• तलब, ज्याला लिर्इ गरिने कार्यहरू जस्तैः तलबी घरेलु कामदारको रूपमा काम गर्ने, ज्याला लिएर लुगा सिलाउने, कपाल काट्ने, आरनमा सेवा प्रदान गर्ने, सरकारी एवं गैर सरकारी संस्थाहरूमा तलबी कर्मचारीको रूपमा काम गर्ने आदि,
• घरायसी उपभोगका लागि गरिने वस्तु उत्पादनका कार्यहरू जस्तैः डोको बुन्ने, दाम्लो बाट्ने, अचार बनाउने, दाउरा खोज्ने, पानी बोक्ने आदि,
• परिवारको कुनै सदस्यले सञ्चालन गरेका आर्थिक कार्यमा सहयोग गर्ने जस्तैः आमाले सञ्चालन गरेको चिया पसलमा छोरा वा छोरी वा अन्य सदस्यले सहयोग गर्ने काम, दाजुको फर्निचर उद्योगमा बहिनीले सघाएका काम आदि ।

८. आर्थिक क्रियाकलाप सम्बन्धी प्रश्नहरू कुन उमेर समुहका व्यक्तिलार्इ सोधिन्छ ? 
उत्तरः आर्थिक क्रियाकलाप सम्बन्धी प्रश्नहरू १० वा सो भन्दा बढी उमेर समुहका सबै व्यक्तिलार्इ सोधिन्छ । गणनाको दिन १० बर्ष नपुगेका बालबालिकाहरूलार्इ आर्थिक क्रियाकलाप सम्बन्धी प्रश्नहरू सोध्नु पर्दैन ।

९. आर्थिक क्रियाकलाप सम्बन्धी प्रश्नहरूको उत्तर कुन सन्दर्भ समयको आधारमा दिनु पर्दछ  ? 
उत्तरः आर्थिक क्रियाकलाप सम्बन्धी प्रश्नहरूको जवाफ गणना भएको दिनभन्दा ठीक एक बर्ष अगाडिसम्म (गत १२ महिना) को समयका आधारमा दिनु पर्दछ । उदाहरणका लागि यदि २०७८ असार ३ गते गणना हुँदैछ भने मिति २०७७ असार ३ गते देखि २०७८ असार २ गतेसम्म व्यक्तिले गरेको अक्सर क्रियाकलाप सम्बन्धी विवरण दिनु पर्दछ ।

१०. जनगणनामा कस्ता प्रकारका आर्थिक कामको विवरण संकलन गरिन्छ ? 
उत्तरः जनगणना प्रयोजनका लागि सबै प्रकारका आर्थिक कामहरूको विवरण संकलन गरिन्छ । आर्थिक काम अन्तर्गत आम्दानी हुने र आम्दानी नहुने गरी दुर्इ प्रकारका कामहरू समावेश हुन्छन् । उदाहरणका लागि जुन सुकै प्रयोजनका लागि कुनै व्यक्तिले डोको बुन्ने, नाम्लो बाट्ने, दाउरा खोज्ने, फर्निचर बनाउने जस्ता क्रियाकलाप गरेका छन् भने यस्ता क्रियाकलापहरूको विवरण संकलन हुन्छ । 

११. जनगणनामा कस्ता प्रकारका क्रियाकलापहरूको विवरण संकलन गरिदैन ? 
उत्तरः जनगणनामा आफ्नै परिवारको उपभोगका लागि गरिने सेवामुलक कार्यहरू जस्तैः भात पकाउने, सरसफार्इ गर्ने, बालबच्चाको हेरचाह गर्ने जस्ता क्रियाकलापहरूको विवरण संकलन हुदैन । तर यस्ता सेवाका कार्यहरू तलब वा ज्याला लिने गरी अरू कुनै परिवारको लागि गरिएको रहेछ भने आम्दानी हुने आर्थिक क्रियाकलाप मानी सम्बन्धित विवरण संकलन गर्नु पर्दछ ।

१२. विद्यार्थी, घरधन्दा गर्ने व्यक्ति, बृद्धबृद्धा, बिरामी, पेन्सन भएका व्यक्तिहरूको आर्थिक क्रियाकलाप सम्बन्धी विवरण संकलन गर्नु पर्दछ कि पर्दैन ? 
उत्तरः विद्यार्थी, घरधन्दा गर्ने व्यक्ति, बृद्धबृद्धा, बिरामी, पेन्सन भएका व्यक्तिहरूले पनि समय मिलाएर कुनै आर्थिक कार्य गरेका हुन सक्दछन् । यस्तो अवस्थामा उनीहरूको आर्थिक कार्य सम्बन्धी विवरण संकलन गर्नु पर्दछ । उदाहरणका लागि उक्त व्यक्तिहरूले परिवारले सञ्चालन गरेको व्यवसायमा सहयोग गरेका हुन सक्दछन्, घरायसी उपभोग्य वस्तुहरू उत्पादन गरेका हुन सक्दछन् अथवा कुनै पेशा व्यवसाय गरेका पनि हुन सक्दछन् । 

१३. कस्ता व्यक्तिहरूलार्इ आर्थिक क्रियाकलाप नगरेको मानिन्छ ? 
उत्तरः सन्दर्भ अवधि (गत १२ महिना) मा कम्तिमा १ घण्टा पनि कुनै प्रकारको आर्थिक कार्य नगरेका व्यक्तिहरूलार्इ आर्थिक क्रियाकलाप नगरेको मानिन्छ ।

१४. जनगणनामा कति समय काम गरेको अवस्थालार्इ आर्थिक क्रियाकलाप गरेको मानिन्छ ? 
उत्तरः जनगणना प्रयोजनका लागि कुनै गणना हुने व्यक्तिले कुनै दिन कम्तिमा एक घण्टा आर्थिक काम गरेको भए मात्र उक्त दिनलार्इ पूरा दिन आर्थिक काम गरेको सरह मान्नु पर्दछ । एक घण्टा भन्दा कम समय काम गरेको दिनलार्इ आर्थिक काम नगरेको सरह मान्नु पर्दछ ।

१५. आर्थिक काम गरेको महिना कसरी हिसाब गर्ने ? 
उत्तरः जनगणना प्रयोजनका लागि कुनै गणना हुने व्यक्तिले गत १२ महिना अवधिमा सबै प्रकारका आर्थिक काम गरेका दिनहरू जोडी ३० दिनको १ महिनाका दरले आर्थिक काम गरेको महिना हिसाब गर्नु पर्दछ । यस सम्बन्धमा विशेष ध्यान दिनु पर्ने कुरा के छ भने, कुनै व्यक्तिले एक दिनमा जति प्रकारको आर्थिक काम एक घण्टा वा सो भन्दा बढी जति समय गरेको भएतापनि एक दिन मात्र मान्नु पर्दछ ।

१६. एउटै व्यक्तिले सन्दर्भ अवधिमा धेरै प्रकारका आर्थिक काम गरेको भएमा मुख्य आर्थिक काम कसरी छुट्याउने ? 
उत्तरः कुनै व्यक्तिले सन्दर्भ अवधिमा दुर्इ वा सो भन्दा बढी आर्थिक काम गरेका रहेछन् भने निजले सबै भन्दा बढी समय गरेको कामको आधारमा मुख्य आर्थिक काम छुट्याउनु पर्दछ ।

१७. अस्पतालमा काम गर्ने नर्सको आर्थिक काम र सम्बन्धित कोड कसरी लेख्ने ? 
उत्तरः अस्पतालमा काम गर्ने नर्सको कामको विवरणमा बिरामी उपचारमा सहयोग, पद नर्स र प्राविधिक तथा सहायक पेशाविदहरूको सम्बन्धित कोड 3 लेख्नु पर्दछ ।

१८. वीर अस्पतालमा कार्यरत नर्सको काम गरेको ठाउँ, उत्पादित वस्तु वा सेवा उल्लेख गर्दा वीर अस्पतालमा कार्यरत नर्सको लागि काम गरेको ठाउँ "वीर अस्पताल",  उत्पादित वस्तु वा सेवा "स्वास्थ्य सेवा" र मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलापहरूको सम्बन्धित कोड 17 लेख्नु पर्दछ भने शुभम सिमेन्टमा काम गर्ने नर्सको काम गरेको ठाउँ र उत्पादित सेवा के हुन्छ?
उत्तरः शुभम सिमेन्ट उद्योगमा काम गर्ने नर्सको लागि काम गरेको ठाउँ "शुभम सिमेन्ट उद्योग" र उत्पादित वस्तु वा सेवाको नाम "सिमेन्ट उत्पादन" हुन्छ । यसका लागि औद्योगिक उत्पादन कार्यका क्रियाकलापहरूको सम्बन्धित कोड 3 लेख्नु पर्दछ

१९. कस्ता व्यक्तिहरूलार्इ अरूको काम गर्ने व्यक्ति मानिन्छ ? 
उत्तरः जनगणना प्रयोजनका लागि तलब वा ज्याला लिर्इ काम गर्ने जो कोही व्यक्ति अरूको काम गर्ने व्यक्ति अन्तर्गत पर्दछन् । जस्तैः सरकारी कर्मचारी,  दैनिक ज्यालादारी, तलब लिर्इ राजनीतिक पार्टिको काम गर्ने व्यक्ति आदि ।

२०. कस्ता व्यक्तिहरूलार्इ रोजगारदाता मानिन्छ ? 
उत्तरः पूँजी र श्रम लगार्इ नाफा नोक्सान आफैले बेहोर्ने गरी सञ्चालन गरेको कुनै व्यवसायमा तलब, ज्याला दिर्इ एक वा एकभन्दा बढी कामदारलार्इ काम लगाएका व्यक्ति रोजगारदाता अन्तर्गत पर्दछन् ।

२१. काठमाण्डौं विश्वविद्यालयमा पढाउने प्राध्यापकको संस्थागत क्षेत्र "गैर वित्तिय संस्था" हुन्छ भने नेपाल राष्ट्र बैंकमा काम गर्ने अफिसरको संस्थागत क्षेत्र के हुन्छ ? 
उत्तरः नेपाल राष्ट्र बैंकमा काम गर्ने अफिसरको संस्थागत क्षेत्र "वित्तिय संस्था" हुन्छ।

२२. विद्युत प्राधिकरणमा काम गर्ने मिटर रिडरको संस्थागत क्षेत्र "गैर वित्तिय संस्था" हुन्छ भने केन्द्रीय तथ्याङ्क विभागमा काम गर्ने गणकको संस्थागत क्षेत्र के हुन्छ ? 
उत्तरः केन्द्रीय तथ्याङ्क विभागमा काम गर्ने गणकको संस्थागत क्षेत्र "सरकारी" हुन्छ ।

२३. वीर अस्पतालमा काम गर्ने डाक्टरको संस्थागत क्षेत्र सरकारी हुन्छ भने शिक्षण अस्पतालमा काम गर्ने डाक्टरको संस्थागत क्षेत्र के हुन्छ ? 
उत्तरः शिक्षण अस्पतालमा काम गर्ने डाक्टरको संस्थागत क्षेत्र पनि "सरकारी" हुन्छ।

२४. नर्भिक अस्पतालमा काम गर्ने डाक्टरको संस्थागत क्षेत्र "गैर वित्तिय संस्था" हुन्छ भने मनकामना केबुल कारमा काम गर्ने प्राविधकको संस्थागत क्षेत्र के हुन्छ ? 
उत्तरः मनकामना केबुल कारमा काम गर्ने प्राविधकको संस्थागत क्षेत्र पनि "गैर वित्तिय संस्था" हुन्छ।

२५. घरेलु कामदारको लागि संस्थागत क्षेत्र "घरायसी क्षेत्र" हुन्छ भने आफ्नै उपभोगको लागि कृषि कार्य गर्ने व्यक्तिका लागि संस्थागत क्षेत्र के हुन्छ ?
उत्तरः आफ्नै उपभोगको लागि कृषि कार्य गर्ने व्यक्तिका लागि पनि संस्थागत क्षेत्र "घरायसी क्षेत्र" हुन्छ। 

२६. आर्थिक काम नगर्नुको कारण कसलाई सोधिन्छ ?
उत्तरः कुनै व्यक्तिले १२ महिनामा कुनै पनि काम गरेका छैनन् वा ६ महिनाभन्दा कम समय आर्थिक काम गरेका रहेछन् भने त्यस्ता व्यक्तिलाई आर्थिक काम नगर्नुको कारण सोधिन्छ।

२७. कुनै व्यक्तिले गत १२ महिनामा २ महिना मात्र आर्थिक काम गरी बाँकि समय घरधन्दामा व्यस्त रहेका रहेछन् भने उनले ६ महिनाभन्दा कम काम गर्नु पर्नाको मुख्य कारण के हुन्छ ?
उत्तरः घरधन्दा ।

२८. कुनै व्यक्तिले पूर्ण समय राजनीति गरेका कारण कुनै पनि आर्थिक काम गरेका रहेनछन् भने उनको काम नगर्नुको मुख्य कारण के हुन्छ ? 
उत्तरः सामाजिक कार्य/स्वयंसेवा ।

२९. कुनै व्यक्तिले गत १२ महिनामा काम गर्ने मनसायले काम खोजेका तर काम नपाएका कारण कुनै पनि आर्थिक काम नगरेका रहेछन् भने उनको काम नगर्नुको मुख्य कारण के हुन्छ ? 
उत्तरः अन्य ।

३०. आर्थिक कामका लागि उपलब्ध हुने सन्दर्भमा पूर्ण समय र आंशिक समय उपलब्ध भन्नाले के बुझिन्छ ? 
उत्तरः जनगणना प्रयोजनका लागि पूर्ण समय उपलब्ध भन्नाले सन्दर्भ अवधि (गत १२ महिना) मा ६ महिना वा सो भन्दा बढी समय कामको खोजि गरेको वा कामको लागि उपलब्ध भएको मान्नु पर्दछ । त्यसैगरी आंशिक समय उपलब्ध भन्नाले ६ महिनाभन्दा कम समय कामको खोजी गरेको वा कामको लागि उपलब्ध भएको मान्नु पर्दछ ।
१. राष्ट्रिय जनगणना २०७८ को प्रयोजनका लागि आवश्यक कोडहरु कहाँ कहाँ हेर्नुपर्दछ ? 
उत्तरः राष्ट्रिय जनगणना २०७८ मा सोधिएका केही प्रश्नहरुको कोड मुख्य प्रश्नावलीकै छेउ तथा पुछारका खाली भागमा र बाँकी कोडहरु प्रश्नावली बुकको अगाडी र पछाडीका पानाहरुमा हेर्नुपर्दछ । यी कोडहरु गणना पुस्तिकाको अन्तिममा अनुसूची अन्तर्गत समेत दिइएको छ ।

२. गाउँपालिका तथा नगरपालिकाहरुको कोड कहाँबाट पाउन सकिन्छ ?
उत्तरः गणकले आफूले काम गर्ने गाउँपालिका तथा नगरपालिकाहरुको कोड सम्बन्धित प्रदेश/जिल्ला तथा स्थानीय जनगणना कार्यालयबाट पाउन सकिन्छ ।

३. कुनै पनि प्रश्नको उत्तरको कोड लेख्दा उपलब्ध गराइएको कोडको सूचीमा नपरेमा के गर्नुपर्दछ ?
उत्तरः कुनै पनि प्रश्नको उत्तरको कोड लेख्दा उपलब्ध गराइएको कोडको सूचीमा नपरेमा देहायबमोजिम गर्नुपर्दछः-
• सम्बन्धित उत्तर दिइएका कोड भएका विकल्पभित्रै पर्न सक्ने कुरामा ध्यान दिनुपर्दछ, विकल्पभित्र नपर्ने यकिन भएमा अन्य लेखि प्रश्नमा बताएबमोजिम गर्नुपर्दछ, 
• थाहा नभएकोमा थाहा छैन भनि ९८ लेख्नुपर्दछ ।

४. मुख्य प्रश्नावलीको महल ३२ मा व्यक्तिले गरेको मुख्य आर्थिक कामको कोड कसरी लेख्नुपर्दछ ?
उत्तरः महल ३२ अन्तर्गत व्यक्तिले गरेको आर्थिक कामको विवरण पहिलो लहरमा र निजको पद दोस्रो लहरमा लेखी सो आर्थिक काम वा पेशा अनुसूची अन्तर्गत आर्थिक काम वा पेशाका वर्गीकरणको  विस्तृतिकरणको महलमा उक्त कुन लहरमा पर्दछ सोही लहरको कोड लेख्नु पर्दछ ।

५. आर्थिक काम वा पेशालाई कति प्रकारमा वर्गीकरण गरिएको छ ?
उत्तरः आर्थिक काम वा पेशालाई ० देखि ९ सम्म कोड हुने गरी १० प्रकारमा वर्गीकरण गरिएको छ ।

६. कुनै डाक्टरले एउटा स्वास्थ्य संस्थामा विरामी जाँच गर्दछन् भने उनको आर्थिक काम वा पेशाको कोड लेख्ने महलमा पेशाविद् अन्तरगतको कोड २ हुन्छ भने अर्को डाक्टर नर्सिङ होमको प्रबन्धक भएमा आर्थिक काम वा पेशा र कोड के हुन्छ ?
उत्तरः नर्सिङ होमको प्रबन्धक रहेका डाक्टरको आर्थिक काम वा पेशा व्यवस्थापक र कोड १ हुन्छ ।

७. आफ्नै खेतीपाती गर्ने कृषकको आर्थिक काम वा पेशा कृषि र कोड ६ हुन्छ भने अर्काको खेतीपातीमा काम गर्ने ज्यालादारी मजदुरको आर्थिक काम वा पेशा के हुन्छ ?
उत्तरः अर्काको खेतीपातीमा काम गर्ने ज्यालादारी मजदुरको आर्थिक काम वा पेशा सामान्य वा प्राथमिक पेशाका कामदारहरु र कोड ९ हुन्छ ।

८. मुख्य प्रश्नावलीको महल ३३ मा व्यक्तिले गरेको मुख्य आर्थिक कामको आर्थिक क्रियाकलाप÷औद्योगिक क्षेत्रको कोड कसरी लेख्नुपर्दछ ?
उत्तरः महल ३३ अन्तर्गत व्यक्तिले आर्थिक काम गरेको ठाउँ÷संस्थाको नाम पहिलो लहरमा र सोबाट उत्पादित वस्तु÷सेवाको नाम दोस्रो लहरमा लेखी सो संस्था वा वस्तु÷सेवा उत्पादनको क्रियाकलाप अनुसूची अन्तर्गत औद्योगिक क्रियाकलाप÷आर्थिक क्षेत्र वर्गीकरणको विस्तृतिकरणको महलमा उक्त कुन लहरमा पर्दछ सोही औद्योगिक क्षेत्रको कोड लेख्न्पर्दछ ।

९. व्यक्तिले काम गर्ने संस्था वा उत्पादित वस्तु वा सेवालाई कति प्रकारमा वर्गीकरण गरिएको छ ?
उत्तरः व्यक्तिले काम गर्ने संस्था वा उत्पादित वस्तु वा सेवालाई १ देखि २१ सम्म कोड हुने गरी २१ प्रकारमा वर्गीकरण गरिएको छ ।

१०. कृषि, वन र माछापालनका क्षेत्रमा काम गर्ने व्यक्तिको आर्थिक क्रियाकलाप÷औद्योगिक क्षेत्र कृषि, वन र माछापालन अन्तर्गत कोड १ हुन्छ भने औद्योगिक वस्तु उत्पादन गर्ने ठाउँमा काम गर्नेको आर्थिक क्रियाकलाप÷औद्योगिक क्षेत्र र कोड के हुन्छ ?
उत्तरः औद्योगिक वस्तु उत्पादन गर्ने ठाउँमा काम गर्नेको आर्थिक क्रियाकलाप÷औद्योगिक क्षेत्र औद्योगिक उत्पादन र कोड ३ हुन्छ ।

११. निर्माण क्षेत्रमा काम गर्ने इन्जिनीयर र मजदुरको आर्थिक क्रियाकलाप÷औद्योगिक क्षेत्र निर्माण अन्तर्गत कोड ६ हुन्छ भने थोक तथा खुद्रा व्यापार गर्ने विक्रेताको आर्थिक क्रियाकलाप÷औद्योगिक क्षेत्र र कोड के हुन्छ?
उत्तरः थोक तथा खुद्रा व्यापार गर्ने विक्रेताको आर्थिक क्रियाकलाप÷औद्योगिक क्षेत्र थोक तथा खुद्रा व्यापार र कोड ७ हुन्छ ।

१२. यातायात क्षेत्रमा काम गर्नेको आर्थिक क्रियाकलाप÷औद्योगिक क्षेत्र यातायात तथा भण्डारण र कोड ८ हुन्छ भने बैक तथा वित्तीय क्षेत्रमा काम गर्ने व्यक्तिको आर्थिक क्रियाकलाप/औद्योगिक क्षेत्र र कोड के हुन्छ ?
उत्तरः बैक तथा वित्तीय क्षेत्रमा काम गर्ने व्यक्तिको आर्थिक क्रियाकलाप÷औद्योगिक क्षेत्र वित्तीय तथा बिमासम्बन्धी क्रियाकलापहरू अन्तर्गत कोड ११ हुन्छ ।

१३. निजी कानुनी फर्ममा काम गर्ने वकिल तथा अन्य कर्मचारीको कामको आर्थिक क्रियाकलाप÷औद्योगिक क्षेत्र पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापहरू अन्तर्गत कोड १३ हुन्छ भने ट्राभल एण्ड टुर एजेन्सीमा काम गर्नेको कामको आर्थिक क्रियाकलाप÷औद्योगिक क्षेत्र र कोड के हुन्छ ?
उत्तरः ट्राभल एण्ड टुर एजेन्सीमा काम गर्ने कर्मचारीको कामको आर्थिक क्रियाकलाप÷औद्योगिक क्षेत्र प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलापहरू अन्तर्गत कोड १४ हुन्छ ।

१४. जिल्ला प्रशासन कार्यालयमा काम गर्ने कर्मचारीको कामको आर्थिक क्रियाकलाप÷औद्योगिक क्षेत्र सार्वजनिक प्रशासन तथा सुरक्षा, अनिवार्य सामाजिक सुरक्षासम्बन्धी क्रियाकलापहरू अन्तर्गतको कोड १५ हुन्छ भने सरकारी विद्यालयमा पढाउने शिक्षकको कोड के हुन्छ ?
उत्तरः समग्र सरकारी कार्यालयहरुको कामको आर्थिक क्रियाकलाप÷औद्योगिक क्षेत्र सार्वजनिक प्रशासन तथा सुरक्षा, अनिवार्य सामाजिक सुरक्षासम्बन्धी क्रियाकलापहरू अन्तर्गत कोड १५ हुन्छ तर सरकारी विद्यालय, अस्पताल, हुलाकमा काम गर्ने सरकारी कर्मचारीको कामको आर्थिक क्रियाकलाप÷औद्योगिक क्षेत्र र कोड फरक फरक हुन्छ । जसअनुसार विद्यालयमा काम गर्नेको शिक्षा अन्तर्गत कोड १६, अस्पतालमा काम गर्नेको स्वास्थ्य अन्तर्गत कोड १७ र हुलाकमा काम गर्नेको सूचना तथा सञ्चार अन्तर्गत कोड १० हुन्छ ।

नक्सा प्रयोग गर्ने तरिका र व्यवस्थापन सम्बन्धी Technical FAQ


१. गणनाक्षेत्र नक्शा के हो ? 
उत्तरः चारैतिर निश्चित सीमाना भएको र अनुमानित घरपरिवार संख्याको आधारमा बनाइएको सानो भौगोलिक एकाइलाईको नक्शालाई गणनाक्षेत्र नक्शा  भनिन्छ ।

२. जनगणनामा गणनाक्षेत्रको नक्शा किन आवश्यक हुन्छ ? 
उत्तरः गणनाक्षेत्रको नक्शाले जनगणनाको तोकिएको समयमा सामान्यतया एक गणकले गणना गर्नु पर्ने क्षेत्र यकिन गर्ने तथा गणनामा कोही नछुटोस र कोही नदोहोरियोस भन्ने सिद्धान्त पालन गराउनु गणनाक्षेत्र नक्शा अत्यन्त आवश्यक हुन्छ । 

३. जनगणना प्रयोजनका लागि कस्ता प्रकारका गणनाक्षेत्रको नक्शा तयार परिएको छ ? 
उत्तरः जनगणनाको स्थलगत कार्यमा प्रयोग गर्नको लागि केन्द्रीय तथ्याङ्क विभागले तीन प्रकारका नक्शाहरू तयार पारेको छ । नगरपालिकाहरूका लागि ब्लकसहित र ब्लकरहित गरी दुई प्रकारका गणनाक्षेत्र नक्शा तयार पारिएको छ भने गाउँपालिकाहरूको लागि साविक (पुरानो) गा.वि.स.का वडा सीमानालाई आधार मानी गणनाक्षेत्रको नक्शा तयार पारिएको छ ।

४. ब्लक भनेको के हो ? 
उत्तरः नगरपालिका वा बढी जनघनत्व भएका वडाभित्र निश्चित सीमाना छुट्टयाई बनाइएका गणनाक्षेत्र भन्दा साना क्षेत्रहरूलाई ब्लक भनिन्छ । गउँपालिकामा पनि समान्तया एक गणनाक्षेत्रमा हुने घरपरिवार सख्या भन्दा कम घरपरिवार भएका सविकका वडाहरुलाई एउटा ब्लकको रुपमा बुझ्नुपर्दछ । केही नगरपालिका तथा गाउँपालिकामा यस्ता एक वा एक भन्दा बढी ब्लक मिलाइ एउटा गणनाक्षेत्र पनि बनाइएको छ ।

५. गणनाक्षेत्रको नक्शा कस्तो हुन्छ ?  
उत्तरः गणनाक्षेत्रको नक्शामा मुख्य रुपमा ४ वटा भागहरु छन् ; नक्शाको माथिल्लो भाग (Heading), गणनाक्षेत्रको नक्शा, गणनाक्षेत्रको सिमाना र गणनाक्षेत्रको अवस्थिति । नक्शाको माथिल्लो भागमा प्रदेशको नाम, जिल्लाको नाम र स्थानिय तहको नाम, वडा नम्बर, गणना क्षेत्र नम्बर र नक्शा नम्बर देखाइएको हुन्छ । 

६. गणनाक्षेत्रको नक्शाको भागमा कुन कुन कुराहरु देखाईएको हुन्छ ?  
उत्तरः  गणनाक्षेत्रको नक्शाको भागमा सो गणनाक्षेत्रको सिमा र सो गणनाक्षेत्र ब्लकहरु मिलि बनेको भए कुन कुन ब्लकहरू मिलेर वनेको हो त्यस भागलाई मात्र प्रष्टरूपले चिनिने गरी देखाइएको हुन्छ । गणनाक्षेत्र बाहेकको क्षेत्रलाई हल्का निलो रंगले छायाँ (shade) पारिएको हुन्छ । गणनाक्षेत्र नक्शाको पृष्टभूमीमा Open Street Map देखाइएको छ र नक्शाको मुनि नक्शाको मान नाप र संकेत सूचीमा दिईएको हुन्छ । 

७. गणनाक्षेत्रको सिमाना कसरी उल्लेख गरिएको हुन्छ ? 
उत्तरः  गणनाक्षेत्रको नक्शा रहेको गणनाक्षेत्रको सिमानाको भागमा गणना क्षेत्रको पूर्व, उत्तर, पश्चिम र दक्षिण सिमाना क्रमश उल्लेख गरिएको हुन्छ । यदि गणनाक्षेत्र ब्लकहरु मिलाएर बनाएको भएमा प्रत्यक ब्लकको पूर्व, उत्तर, पश्चिम र दक्षिण सिमाना छुट्टाछुट्टै उल्लेख गरिएको हुन्छ ।

८. के गाउँपालिको गणनाक्षेत्रको सिमाना पनि यसै गरी उल्लेख गरिएको हुन्छ ? 
उत्तरः  गाउँपालिकाहरुको हकमा ब्लकको पूर्व, उत्तर, पश्चिम र दक्षिण सिमाना नभई सो ब्लक साविकको कुन गा.वि.स. को कुन वडा हो उल्लेख गरीएको हुन्छ ।

९. गणनाक्षेत्रको अवस्थितिको भागमा रहेको वडा सिमाना सहितको स्थानिय तहको नक्शाले के सहयोग गर्दछ ? 
उत्तरः  यो नक्शा हेरेर वडाको कुन भागतिर सो गणनाक्षेत्र पर्दछ भन्ने कुरा थाहा हुन्छ साथै अर्को स्थानिय तहसँग सिमा जोडिएका वडाहरुको छिमेकमा रहेमा स्थानिय तहको बारेमा समेत जनकारी हुने हुनाले गणनाक्षेत्र सम्म पुग्नका लागि यो नक्शा सहयोगी हुन्छ । 

१०. के गणक तथा सुपरिवेक्षकले  जनगणना कार्यको बेलामा गणनाक्षेत्र नक्शा मिलाउनु पर्दछ ? 
उत्तरः  गणक तथा सुपरिवेक्षक कसैले पनि गणनाक्षेत्र नक्शाको  सिमाना यता उति सार्न हुदैन तर सुपरिवेक्षकले घरपरिवार गणनाको क्रममा गणनाक्षेत्रको पूर्व, उत्तर, पश्चिम र दक्षिणको अद्धावधिक सिमाना भने लेख्नु पर्दछ ।

११. के गणनाक्षेत्रको अद्यावधिक सिमाना गणनाक्षेत्रको सिमाना भागमा लेख्ने हो ? 
उत्तरः  होईन। गणनाक्षेत्रको अद्यावधिक सिमाना लेख्न प्रत्येक नक्शाको पछाडिको पेजमा अद्यावधिक गर्नको लागि महलहरु राखिएको छ । सोही महलहरुमा पूर्व, उत्तर, पश्चिम र दक्षिण सिमाना क्रमश लेख्नु पर्दछ ।

१२. के गणनाक्षेत्र ब्लकहरु मिलि बनेको भएमा प्रत्यक ब्लकको अद्यावधिक सिमाना लेख्ननु पर्दछ ? 
उत्तरः  प्रत्यक ब्लकको अद्यावधिक सिमाना लेख्ननु पर्दैन  तर ब्लहरु मिलि बनेको गणनाक्षेत्रको एकमुष्ट पूर्व, उत्तर, पश्चिम र दक्षिण सिमाना मात्र लेख्नु पर्दछ ।

१३. के सुपरिवेक्षकले गउँपालिकको गणनाक्षेत्रको सिमाना अद्यावधिक गर्दा साविकको वडा लेखे हुन्छ ? 
उत्तरः  सुपरिवेक्षकले गाउँपालिकको गणनाक्षेत्रको सिमाना अद्यावधिक गर्दा साविकको वडा लेख्न हुँदैन । नक्शामा साविकको वडा मात्र उल्लेख गरेको भए पनि अब अद्यावधिक सिमा लेख्दा नक्शाको पछाडि रहेका महलहरुमा पूर्व, उत्तर, पश्चिम र दक्षिण सिमाना क्रमश जमिनमा रहेको स्थायी प्रकारका संरचनालाई आधार मानि गणनाक्षेत्रको स्पष्ट पहिचान हुने गरि लेख्नु पर्दछ ।

१४. गणकले पनि गणनाक्षेत्रको अद्यावधिक सिमाना लेख्नु पर्दछ ? 
उत्तरः  गणनाक्षेत्रको अद्यावधिक सिमाना सुपरिवेक्षकले मात्र लेख्ने हो र गणकले गणनाक्षेत्र नक्शालाई गणनाक्षेत्र पहिचानका लागि मात्र प्रयोग गर्नुपर्दछ ।
१. कन्ट्रोल फाराम भन्नाले के बुझिन्छ ? 
उत्तरः राष्ट्रिय जनगणना २०७८ को मुख्य गणना कार्य समाप्त भएपछि सुपरिवेक्षकले आफू अन्तर्गतका गणकहरुबाट भरिएका मुख्य प्रश्नावलीका किताबहरु बुझ्ने फारामलाई कन्ट्रोल फाराम भनिन्छ । कन्ट्रोल फाराममा जनगणना घरसंख्या, परिवार संख्या, जनसंख्या तथा प्रयोग भएका बुक संख्या उल्लेख गरी भरी सुपरिवेक्षक अन्तर्गतका गणकहरुले बुझाई हस्ताक्षर गर्नुपर्दछ । सुपरिवेक्षकले आफू अन्तर्गतका गणकहरुलाई छुट्टाछुट्टै वडाको लागि छुट्टाछुट्टै कन्ट्रोल फाराम भर्न लगाउनुपर्दछ ।

२. कार्यसम्पन्नता प्रतिवेदन फाराम भन्नाले के बुझिन्छ ? 
उत्तरः गणक तथा सुपरिवेक्षकले मुख्य गणना कार्य समाप्त भएपछि संकलित विवरण सहितका प्रश्नावली किताब, गणना क्षेत्र नक्शा, प्रयोग नभएका प्रश्नावली किताब, गणना गरेको घरसंख्या, परिवार संख्या तथा जनसंख्याको विवरणहरु सहितको संकलित विवरण स्थानीय जनगणना कार्यालयमा बुझाउनुपर्ने प्रतिवेदन कार्यसम्पन्नता प्रतिवेदन हो । स्थानीय जनगणना अधिकारीले सो कार्यसम्पन्नता फाराम प्रमाणित गरेपछि मात्र जनगणना निश्चित रकम भुक्तानी गर्ने व्यवस्था मिलाइएको हुन्छ ।

३. अनुगमन फाराममा मुख्यतः के के कुराहरु राखिएको छ ? 
उत्तरः अनुगमन फाराममा मुख्यत देहायका विषयहरु राखिएको छ । सुपरिवेक्षकले परिवार बसोबास गरेको घरमा जनगणना घर तथा परिवार संख्या लेखेको नलेखेको, गणना गरिसकिएको गाउँ बस्ती टोलमा कुनै घर तथा परिवार गणना गर्न छुटे नछुटेको, जनगणनाको स्थलगत गणना कार्य प्रति उत्तरदाताहरुको कुनै गुनासो भए नभएको, जनगणनाको स्थलगत कार्यमा बाधा व्यवधान भए नभएको आदि ।

४. सुपरिवेक्षण गर्दा मुख्यतः के के कुराहरु अवलोकन गर्ने गरिन्छ ? 
उत्तरः सुपरिवेक्षण गर्दा मुख्यत सुपरिवेक्षक तथा गणकको शिष्टता र व्यवहार, जनगणनाको उद्देश्य, प्रश्नावली सोध्ने तरिका, जनगणनाका सामग्रीहरु पर्याप्त भए नभएको, गोपनीयता कायम गरे नगरेको, भरिएका विवरणहरु सुरक्षित राखे नराखेकोको लगायत प्रश्नावलीमा भएका अतिरिक्त विवरणहरु सही तरिकाले भरिएका छन् छैनन सो समेत हेर्ने गरिन्छ ।

५. अनुगमन सुपरिवेक्षण फाराम कसले कसरी भर्नुपर्दछ ?  
उत्तरः राष्ट्रिय जनगणना २०७८ को अनुगमन कार्यमा खटिएका जनगणना समन्वय समितिका सदस्यहरु लगायत अन्य जिम्मेवार कर्मचारीहरुले अनुगमन फाराम भर्नु पर्दछ भने राष्ट्रिय जनगणना २०७८ को सुपरिवेक्षण कार्यमा खटिएका तालिम प्राप्त कर्मचारीहरुले अनुगमन तथा सुपरिवेक्षण फाराम दुबै भर्नु पर्दछ । अनुगमन तथा सुपरिवेक्षण फाराम भरी अनलाइन प्रविष्टि गर्ने दायित्व सम्बन्धित अनुगमन तथा सुपरिवेक्षणकर्ताको हुन्छ । अनुगमन तथा सुपारिवेक्षणकर्ताले गणना कार्यमा देखिएका समस्याहरुको समाधानको पहल समेत गर्नुपर्ने हुन्छ ।
१. गणकले गणनाको समयअघि वा समयपछि पनि काम गर्नुपर्दछ कि पर्दैन ?
उत्तरः गणकले गणना पूर्व, गणनाको समयमा र गणना सकिएपछि समेत गणनासँग सम्बन्धित काम गर्नुपर्दछ । 

२. गणकले गणनापूर्व गर्नुपर्ने मुख्य कार्यहरु के के हुन् ? 
उत्तरः गणकले गणनापूर्व गर्नुपर्ने मुख्य कार्यहरु देहायअनुसार छन्ः 
• तालिममा सहभागी हुने, 
• गणना पुस्तिकाको अध्ययन गर्ने, 
• प्रश्नावलीको अध्ययन गर्ने, गणना सामग्री बुझ्ने, 
• गणना गर्ने क्षेत्रको नक्सा लिई कार्यक्षेत्रको जानकारी लिने, 
• सुपरिवेक्षकबाट उतार फाराम लिने,
• तोकिएका प्रत्येक घर घरमा गई प्रश्नावली अनुसारका विवरण संकलन गरने।

३. गणकले गणनाको समयमा गर्नुपर्ने मुख्य कार्यहरु के के हुन् ? 
उत्तरः गणकले गणनाको समयमा गर्नुपर्ने मुख्य कार्यहरु देहायअनुसार छन्ः 
• कुनै पनि घर तथा परिवार नछुटाईकन गणना गर्ने, 
• भरेका फाराम/प्रश्नावली सुपरिवेक्षकलाई जाँच गर्न दिने, 
• सुपरिवेक्षकले सूचीकरण गर्दा छुटेको, थप भएको परिवार तथा कम भएको परिवार अद्यावधिक गर्ने, 
• गणनाको अन्तिम दिन निश्चित स्थानमा बसोबास नगर्नेहरु तथा जन्म, मृत्यु, बसाईंसराईबाट थपघट भएका जनसंख्या अद्यावधिक गर्ने आदि ।

४. गणकले गणनापश्चात गर्नुपर्ने मुख्य कार्यहरु के के हुन् ? 
उत्तरः गणकले गणनापश्चात् गर्नुपर्ने मुख्य कार्यहरु देहायअनुसार छन्ः 
• आफूले भरेका फाराम/प्रश्नावली सुपरिवेक्षकलाई जाँच गर्न दिने, 
• प्रश्नावली बुकको आवरण पृष्ठ (बुक कभर पेज) भर्ने, 
• कन्ट्रोल फाराममा आफ्नो गणना क्षेत्रको विवरण भर्ने, 
• भरेका तथा भर्न बाँकी रहेका फाराम/प्रश्नावली सुपरिवेक्षकमार्फत स्थानीय जनगणना कार्यालयमा बुझाउने ।

५. गणकले गणना गर्दा साथमा लैजानुपर्ने सामग्रीहरु के के हुन् ? 
उत्तरः गणकले गणना गर्दा साथमा लैजानुपर्ने मुख्य सामग्रीहरु देहायबमोजिम रहेका छन्ः
• परिचयपत्र
• गणना क्षेत्रको नक्सा
• प्रश्नावली 
• गणना पुस्तिका 
• लैङ्गिक समानता तथा सामाजिक समावेशी सन्दर्भ पुस्तिका
• प्रचार प्रसार सामग्रीहरु 
• आफूलाई तोकिएको क्षेत्रको घर तथा घरपरिवार सूचीकरण उतार फारामहरू
• अन्य गणना सामग्री जस्तैः गणक झोला, जनगणना टोपी, छाता, निलो डटपेन, नोट कपी र अन्य सामग्रीहरू,
• काठमाडौँ उपत्यकाका गणक तथा सुपरिवेक्षकले ट्यावलेट (हाते कम्प्युटर) ।

६. गणकले गणना गर्न जाँदा ध्यान दिनुपर्ने मुख्य मुख्य के कुराहरुमा ध्यान दिनुपर्दछ ? 
उत्तरः गणकले गणना गर्न जाँदा ध्यान दिनुपर्ने मुख्य मुख्य के कुराहरुमा ध्यान दिनुपर्दछः
 (क) आफ्नो परिचय र उद्देश्य दिने 
(ख) नम्रता र धैर्यता प्रकट गर्ने 
(ग) व्यक्तित्व तथा सरसफाईमा ध्यान दिने 
(घ) प्रश्न गर्ने तरिका तथा निष्पक्षता कायम गर्ने 
(ङ) कुरा नकाट्ने तथा समान व्यवहार गर्ने  
(च) सिलसिलाबद्ध प्रश्न गर्ने  
(छ) प्रश्नावलीअनुसार नै प्रश्न गर्ने  
(ज) असामान्य/विशेष अवस्थामा विवरण संकलन गर्दा समय मिलाएर जाने  
(झ) अमर्यादित शब्द प्रयोग गर्न नहुने
(ञ) गणना कार्य समाप्त भएपछि उत्तरदातालाई धन्यवाद दिने  

७. जनगणना किन गरिन्छ ? 
उत्तरः नेपालको कुन कुन क्षेत्र तथा भूभागमा के कति मानिस बसोबास गर्छन्, तिनीहरूमध्ये महिला, पुरुष, अन्य लिङ्गी, बालबालिका, काम गर्ने उमेर समूह र बृद्ध–बृद्धाको संख्या कति छ, मानिसहरू के कस्ता पेशा ब्यवसाय गर्छन्, विभिन्न स्थानमा कुन कुन जातजाति, भाषाभाषी र धर्मावलम्बीहरू के कति संख्यामा छरिएर रहेका छन्, तिनीहरूको शिक्षा र साक्षरताको अवस्था कस्तो छ, कति मानिस शारीरिक वा मानसिकरूपमा अपा·ता भएका व्यक्ति छन्, जस्ता थुप्रै जनसांख्यिक, सामाजिक तथा आर्थिक गतिविधि सम्बन्धी विवरणहरू थाहा पाउन जनगणना गरिन्छ । 

८. जनगणनामा व्यक्तिको गणना कसरी गरिन्छ ? 
उत्तरः जनगणनामा कोही नछुट्ने र कोही नदोहोरिने गरी तथ्याङ्क संकलन गर्नुपर्ने नियम भएकोले परिवारलाई गणनाको एकाई मानी जो व्यक्ति जुन परिवारमा अक्सर बसोबास गर्छ, उक्त व्यक्तिको गणना सोही परिवारबाट गरिन्छ । सामान्यतया, गणना प्रयोजनको लागि परिवार भन्नाले एउटै आर्थिक व्यवस्थापनमा चलेको, एउटै छानामुनी बसोबास गरी साझा भान्सामा खाना खाने व्यक्ति वा व्यक्तिहरूको समूहलाई बुझिन्छ । परिवारमा एकजना मात्र वा धेरै व्यक्तिहरू हुनसक्दछन्। परिवारमा रहेका व्यक्तिहरू आपसमा नाता पर्ने वा नाता नपर्ने दुवैथरीका हुनसक्दछन् । त्यस्ता व्यक्तिहरू एकै परिवारमा अक्सर बसोबास गरिरहेका भए, नाता पर्ने वा नपर्ने दुवैथरीको गणना उक्त परिवारबाटै गरिन्छ ।

FAQs

Collection of most frequently asked questions by users